Looking For Anything Specific?

Header Ads

रियल मड्रिडको पुनरागमन जित

२८ फागुन, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले स्पानयो विरुद्ध ३-१ को पुनरागमभन जित निकालेको छ ।

रियलको मैदानमा भएको खेलमा जोसेलुले आठौं मिनेटमै गोल गर्दै स्पानयोललाई अग्रता दिलाएका थिए ।

तर अग्रता लामो समय रहेन । २२औं मिनेटमा भिनिसियल जुनियरलले गोल गर्दै रियलका लागि बराबरी गरे ।

३९औं मिनेटमा एडर मिलिटाओले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

मार्को असेन्सिओले इन्जुरी टाइममा गोल गर्दै रियलले ३-१ को जित दिलाए ।

जितपछि रियलले २५ खेलबाट ५६ अंङ्क जोडेको छ । रियल अझै शीर्ष स्थानको बार्सिलोनाभन्दा ६ अंङ्कले पछि छ ।

स्पानयोल २५ खेलबाट २७ अंकसहित १४औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2023/03/1275641

Post a Comment

0 Comments