६ चैत, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको एल क्लासिको खेलमा शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई २-१ ले पराजित गरेको छ ।
फ्रांक केस्सीले इन्जुरी टाइममा गोल गरेपछि घरेलु मैदानमा बार्सिलोनाले एक गोलले पछि परेको स्थित उल्ट्याएर पुनरागमन जित निकालेको हो ।
खेलको नवौं मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराजोले आत्मघाती गोल गरेपछि रियलले १-० को अग्रता बनाएको थियो ।
४५औं मिनेटमा बार्सिलोनाका सर्जी रोबर्टोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसपछि बराबरीतर्फ अग्रसर खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितपछि बार्सिलोनाले २६ खेलबाट ६८ अंक जोडेर रियलमाथि १२ अंकको अग्रता कायम गरेको छ ।
समान खेलबाट रियलको ५६ अंक छ ।
source https://www.onlinekhabar.com/2023/03/1279742
0 Comments