Looking For Anything Specific?

Header Ads

आइफोनबाट एन्ड्रोइडमा यसरी सार्नुहोस् ह्वाट्सएप च्याट हिस्ट्री

स्मार्टफोन प्रयोग गर्ने क्रममा कहिले एन्ड्रोइड फोन छाडेर आइफोन चलाउन थालिन्छ कसैले आइफोन चलाउन छाडेर एन्ड्रोइड फोनमा पनि जान सक्दछन् । यसरी एक स्मार्टफोनबाट अर्को स्मार्टफोनमा जाँदा पूरानो स्मार्टफोनका सबै आवश्यक डाटाहरु नयाँमा सार्नुपर्ने हुन्छ ।

यदि तपाईंले यसअघि आइफोन चलाउनुहुन्थ्यो र अब एन्ड्रोइड फोन चलाउने सोंच बनाउनु भएको छ भने तपाईंले आफ्नो आइफोनमा रहेका कन्ट्याक्ट, मेसेज तथा पूराना तस्वीर जस्ता डेटाहरु नयाँ फोनमा स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

हामीले ह्वाट्सएप जस्ता सोसल मिडिया प्लाटर्फमको पनि प्रयोग गरिरहेका हुन्छौं । कहिलेकाहीँ ह्वाट्सएपको प्रयोग केवल व्यक्तिगत जीवनमा मात्र नभएर व्यवसायिक जीवनसँग पनि जोडिएको छ । यस्तोमा एउटा फोनबाट अर्को फोनमा सर्दा पूरानो फोनमा भएका डेटाहरु नयाँमा सार्नु अझै आवश्यक रहन्छ ।

यदि तपाईं आइफोनबाट एन्ड्रोइडमा सर्दै हुनुहुन्छ भने ह्वाट्सएपको च्याटलाई पनि Transfer गर्न सक्नुहुन्छ । यसका लागि :

  •  सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड फोन factory reset गर्नु पर्दछ ।
  •  नयाँ डिभाइस सेटअपका लागि संकेत प्राप्त हुने बित्तिकै restore data को अप्सन छान्नुपर्छ ।
  •  यसका लागि तपाईंको आइफोन अनलक्ड अवस्थामै हुनुपर्दछ ।
  •  Copy Apps तथा डेटा स्क्रिन देखिएसँगै डिभाइसलाई टाइप सी केवलबाट जोड्नुहोस्
  •  आइफोनमा Trust सन्देश देखिएपछि त्यसमा क्लिक गर्नुहोस्
  •  Copy Screen को प्रक्रिया पूरा हुन दिनुहोस्
  •  फाइल ट्रान्सफर हुने क्रममा आइफोन अनलक्ड नै हुनुपर्दछ ।
  •  संकेत प्राप्त भएसँगै आइफोनको क्यामेरा एपलाई क्यूआर कोड स्क्यान गर्नका लागि प्रयोग गर्नुपर्दछ
  • त्यसपछि डेटा पठाउनका लागि आइफोनमा ह्वाट्सएप खोल्नुपर्दछ ।
  •  ट्रान्सफर प्रक्रिया पूरा भएपछि केवललाई निकाल्नुहोस्
  •  त्यसपछि नयाँ एन्ड्रोइड फोनमा ह्वाट्सएप लगइन गर्नुहोस्

लगइनका क्रममा तपाईंले आइफोनमा जुन फोन नम्बरबाट लगइन गर्नुभएको हो उहीँ फोन नम्बरबाट अकाउन्टमा लगइन गर्नुपर्दछ ।

एजेन्सी



source https://www.onlinekhabar.com/2023/03/1275394

Post a Comment

0 Comments