२२ वैशाख, काठमाडौं । लकडाउनका कारण समस्यामा परेका मजदुरहरुसँग रेल भाडा लिइएको भन्दै भारतीय कांग्रेसले सरकारको आलोचना गरेको छ । भारतीय कांग्रेसको अध्यक्ष सोनिया गान्धीले प्रेस विज्ञप्ति जारी गर्दै मजदुरहरुको रेल भाडा पार्टीले तिरिदिने बताएकी छन् ।
विदेशमा अलपत्र परेकाहरुलाई निःशुल्क हवाईजहाजबाट निःशुल्क उद्धार गर्ने, तर देशभित्रैका मजदुरहरु आफ्नो घर जाँदा भाडा लिने गरिएको भन्दै गान्धीले आलोचना गरेकी छन् ।
गान्धीले जारी गरेको विज्ञप्तिमा कांग्रेसको प्रदेश कमिटीको हरेक संगठनले सबै मजदुरहरुलाई रेलको भाडा दिने उल्लेख छ । भारतीय कांग्रेसले पटक-पटक मजदुरहरुलाई घरसम्म पुर्याउन निःशुल्क रेल सेवाको व्यवस्था गर्न माग गर्दा पनि सरकारले नसुनेको विज्ञप्तिमा लेखिएको छ ।
कांग्रेस अध्यक्षा, श्रीमती सोनिया गांधी का बयान
भारतीय राष्ट्रीय कांग्रेस ने यह निर्णय लिया है कि प्रदेश कांग्रेस कमेटी की हर इकाई हर जरूरतमंद श्रमिक व कामगार के घर लौटने की रेल यात्रा का टिकट खर्च वहन करेगी व इस बारे जरूरी कदम उठाएगी। pic.twitter.com/DWo3VZtns0
— Congress (@INCIndia) May 4, 2020
मोदी सरकारको आलोचना गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मजदुरहरु राष्ट्र निर्माणको मेरुदण्ड हुन् । हामी विदेशमा फसेका भारतीयहरुलाई आफ्नो कर्तव्य सम्झिएर सित्तैमा ल्याउन सक्छौं । गुजरातमा केवल एक कार्यक्रममा सरकारी ढुकुटीबाट एक अर्ब रुपैयाँ खर्च गर्न सकिन्छ, रेल मन्त्रालयले कोरोना कोषमा १ सय ५१ करोड दिन सक्छ भने यी मजदुरहरुलाई निःशुल्क घर फर्काउन किन सकिँदैन ?’
सोनियाको विज्ञप्तिमा लेखिएको छ, ‘न राशन, न पैसा, न औषधि, न साधन, केवल आफ्नो परिवारलाई भेट्न गाउँ फर्किने चाहना । उनीहरुको व्यथा सोच्दा पनि शरीर काँप्छ । …दुःखको कुरा भारत सरकार र रेल मन्त्रालयले यी श्रमिकहरुबाट यस्तो कठिन समयमा पनि रेलको भाडा असुलिरहेको छ ।’
source https://www.onlinekhabar.com/2020/05/860689
0 Comments