१६ जेठ, काठमाडौं । नेपालको पश्चिमी भागमा आज दिनभर बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यकामा दुई–तीन बजेतिर पुनः बादल विकसित भएर वर्षा हुन सक्ने बताउँदै अनलाइनखबरसँग भनिन्, ‘पश्चिम भूभागमा चाहिँ आज दिनभरी आकास खुल्ने सम्भावना छैन ।’
जेठ १६ विहान ४ बजे
हिजो विहानको पुर्वानुमान अनुसारनै हाल कास्की गोरखा,तनहूँ,लमजुङ,धादिङ, नुवाकोट, का.उपत्यका र आसपास मध्यम बर्षा भएको छ र अर्को ६ घन्टा सम्म थप बर्षा हुन सक्ने, स-साना नदीमा बहाव बढ्ने र केहिमा आकस्मिक बहावको संभावना, सतर्क रहौं। pic.twitter.com/Ys5PavbsSF— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) May 28, 2020
त्यसैले बाढी सूचना केन्द्रले पनि पश्चिमका जिल्लाहरुका नदीमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सूचित गरेको छ ।
केन्द्रका अनुसार वर्षाका कारण हाल कास्की, गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । थप वर्षा पनि हुन सक्ने र ससाना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।
अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । पूर्वी भूभागमा निम्न चापिय रेखा छ । त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा बदली र वर्षा भएको हो ।
मौसमविद गंगा नगरकोटीका अनुसार अहिले मध्य भूभागको तराई र पूर्वी भूभागको तराई क्षेत्रका जिल्लामा मौसम सफा छ । तर, पूर्वी भूभागको पहाडी जिल्लाहरुमा भने बादल लागेको छ ।
यो पनि पढ्नुहोस नेपालमा मनसुन ढिलो भित्रिने, तर हुनेछ औसत वर्षाsource https://www.onlinekhabar.com/2020/05/868575
0 Comments