Looking For Anything Specific?

Header Ads

मेमा बुण्डेसलिगा शुरु हुने बायर लेभरकुजनको विश्वास

२१ वैशाख काठमाडौं । जर्मन क्लब बायर लेभरकुजन यही मे महिनामा बुण्डेसलिगा फुटबल फेरि शुरु हुनेमा विश्वस्त छ । लेभरकुजनका स्पोर्टिङ डिरेक्टर साइमन रोल्फ्सले बुण्डेसलिगा मे महिनामै शुरु हुनेमा क्लब विश्वस्त रहेको बताएका हुन् ।

जर्मन फुटबल लिग सरकारले अप्रिल ३० मै लिगबारे निर्णय गर्नेमा आशावादी थियो तर यसबारेको मिटिङ एक हप्ता पछि सरेको छ र अर्को मिटिङ मे ६ मा हुनेछ ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा दर्शकबिना खेल गर्नेबारे हाम्रो अवधारणाको लागि हामीले राजनीतिज्ञहरूबाट राम्रो प्रतिक्रिया पाएका छौँ,’ रोल्फ्सले बीबीसी वर्ल्ड सर्भिस स्पोर्ट्ससँग भने, ‘उनीहरू (सरकार) ले हामी यो गर्न सक्छौँ भन्ने सोचेका छन् ।’

‘अर्को हप्तामा हप्तामा कस्तो निर्णयहरू हुन्छ भनेर हामी हेर्नेछौं । मलाई थाहा छैन कहिले हुन्छ तर हामी आशा गर्दछौं कि हामी मध्य मे वा मेको अन्त्यमा खेल्छौं,’ उनले थपे ।

स्पोन्सरहरु र ब्रोडकास्टरसँगको सम्झौताको कारण बुण्डेसलिगा जुन ३० सम्म सकाउनुपर्नेछ । गत साता जर्मन लिगले मे दोस्रो वा तेस्रो साता लिग शुरु गर्ने तयार रहेको जनाएको थियो ।

यस सिजन ९ चरणमा खेलहरु बाँकी रहँदा वायर्न म्युनिख बोरुसिया डर्टमण्डलाई ४ अंकले पछि पार्दै शीर्ष स्थानमा छ । लेभरकुजन भने पाँचौ स्थानमा छ र उसको नजर च्याम्पियन्स लिगमा छ ।

‘हामी जर्मन कपको सेमिफाइनलमा पनि छौं र हामी अझै यूरोपा लिगमा छौं,’ रोल्फ्सले भने । उनले फुटबल फेरि शुरु हुँदा कोभिड १९ देखि आफ्नो खेलाडीहरु नडराएको पनि बताए ।



source https://www.onlinekhabar.com/2020/05/860368

Post a Comment

0 Comments