Looking For Anything Specific?

Header Ads

घरबाटै काम : कोरोनाले सिकाएको गजबको पाठ

कोरोना भाइरसको सन्त्रास नफैलिएको भए के हुन्थ्यो ? कार्यलयमा बिजुली–पानीको बिल बुझाउनेको लाम, सडकमा गाडीको जाम । बजारमा किनमेलको हतारो । आफन्त–छिमेकीको भोज–भत्तेरमा जानैपर्ने चटारो । दिनदिनै लुगाफाटो फेर्नुपर्ने, खल्तीमा अतिरक्ति पैसा जोहो गर्नुपर्ने ।

हतारो, कोलाहाल, धूवाँ–धुलोको दिक्कलाग्दो कोलाज । तर, अहिले सर्वत्र शान्त छ । मानौं, सधै ध्यान मुद्रामा एकचित्त भएर बसेका छन् ।

न कुनै हतारो, न कुनै चटारो । न पट्यारलाग्दो सडक जामको तनाव, न कतै धाउनुपर्ने अवस्था । न नयाँ लुगा फेरिरहनुपर्ने झन्झट, न खल्तीमा अतिरिक्त पैसा जोहो गर्नुपर्ने बाध्यता ।

कोरोना भाइरसले रोगव्याधि मात्र बोकेर आएन, मानव समुदायलाई फरक ढंगले बाँच्न अभ्यस्त पनि गराइदियो । सबैजसो घरभित्र बसेका छन् । केही न केही इलम गरेका छन् । आफ्ना घर–बगैंचा स्यहारेका छन् । सागसब्जी रोपेका छन् । कोही फूल रोप्दैछन्, कोही गुन्द्रुक÷सिन्की÷अचार बनाउँदैछन् । कोही पुराना लुगाफाटो सिलाउँदैछन्÷मिलाउँदैछन्, कोही नयाँ–नयाँ परिकार बनाउन सिक्दैछन् । कोही घरबाटै आफ्नो कार्यलय÷कार्यथलोको काम गरिरहेका छन् ।

घरबाटै काम

खासगरी इन्टरनेटको माध्यामबाट हुने काम, कारोबार घरबाट पनि गर्न सकिने रहेछ । कतिपयले यतिबेला घरमा बसीबसी आफ्नो कामधन्दा गरिरहेका छन् । भौतिक रुपमा उपस्थित हुन नपर्ने कामहरु भर्चुअल माध्यामबाटै सम्पन्न हुन्छ ।

किनमेल गर्न पनि बजारसम्म पुग्नैपर्ने बाध्यता रहेनछ । अनलाइनबाटै गर्न सकिन्छ । अहिले कतिपय व्यापारिक कम्पनीहरुले अनलाइन अर्डर लिएर घर–घरमा सामाग्री पु¥याउने सुविधा पनि दिएको छ । खानेकुरादेखि घरसायी सामाग्री समेत अनलाइनमार्फत कारोबार गर्न सकिन्छ ।

कतिसम्म भने, किराना पसलले समेत अहिले मोबाइलबाट सामाग्री अर्डर लिएर घर-घरसम्मै पु¥याउने व्यवस्था गरेको छ ।

बिजुली, पानी आदिको बिल भुक्तान गर्न पनि अनलाइनबाट सकिन्छ । बिगतदेखि नै यसको अभ्यास हुँदै आएपनि अहिले यो अरु बढी उपयोगी देखिएको छ ।

के भयो फाइदा ?

संभव र सहज भएसम्म घरबाटै काम गर्दा बढी फाइदाजनक देखिन्छ । कार्यलय-कार्यथलो धाउनैपर्ने बाध्यता नहुँदा घरबाट पनि आफ्नो कार्य–सम्पादन गर्न सकिने रहेछ ।

मितव्ययी

सबैले अनुभव गरेकै छन्, सामान्य दिनको अवस्थामा भन्दा अहिले व्यक्तिगत व्यायभार घटेको छ । खल्तीमा भएको पैसा तुलनात्मक रुपमा कम खर्च भएको छ । सामान्य दिन हुँदो हो त, घर बाहिर निस्कनसाथ खर्च गर्नुपर्ने हुन्थ्यो । यातायातमा खर्च, नास्तापानीमा खर्च, साथीभाइसँग चिया र चुरोटमा खर्च । घर बाहिर निस्किएपछि केही न केही कुरा खरिद गर्न मन लाग्छ, खानेकुरा होस् वा लुगाफाटो । दिनहुँ हिँड्दा लुगाफाटो मैला हुन्छ । धुनका लागि पानी, साबुन, श्रम र समयको खर्च हुने । जुत्ता फेर्नुपर्ने । गाडी, मोटरसाइकलका लागि का लागि इन्धनमा खर्च गर्नुपर्ने ।

अहिले यी सबै खर्च कटौती भएको छ । अति आवश्यक वा आवश्यक कुरा मात्र खरिद गरिरहेका छन् । यसले हरेक परिवारलाई मितव्ययी बनाएको छ ।

फजुल खर्च कटौती

सामान्य अवस्थामा हामी धेरैले फजुल खर्च गरिरहेका हुन्थ्यौं । बालबच्चाका लागि चिप्स, कुरकुरे, चाउचाउ किन्नुपर्ने । बजारमा विलासिताको सामाग्री देखे उठाउनुपर्ने । सिनेमा हेर्नुपर्ने, रेष्टुरेन्ट धउनुपर्ने, घुमफिर गर्नुपर्ने, घरमा पाहुना निम्त्याएर जमघट गर्नुपर्ने ।  अहिले यस्ता फजुल खर्चबाट सबैजना बचेका छन् ।

समयको बचत

हिँडडुल गर्दा, गाडी पर्खेर बस्दा, यात्रा गर्दा, खाजा–नास्ता अर्डर गरेर बस्दा, बजारमा अलमल गर्दा, बिजुली–पानीको बिल भुत्तान गर्न पंक्तिमा उँभिदा, सिनेमा हेर्दा हाम्रा धेरैजसो समय नष्ट भइरहेको हुन्थ्यो । अहिले यावत् कुरामा हाम्रो समय बर्बाद भएको छैन । गाडीमा यात्रा गर्नुपर्ने, रेष्टुरेन्टमा खाजा मगाएर पर्खनुपर्ने, बजारमा अलमल गर्नुपर्ने जस्ता समयमा फटाफट काम गर्न सकिने स्थिती छ ।

अर्को फाइदा

घरमै बसेर काम गरिरहँदा वा घरबाट पनि आफ्नो कमधन्दा सु्चारु राख्दा अनावश्यक भिड, कोलाहाल, प्रदूषण नहुने रहेछ ।

ऋहिले सडकमा अनावश्यक भिड वा जाम छैन । कोलाहाल छैन । सर्वत्र शान्त छ । सडक दुर्घटनाको दर घटेको छ । एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनका लागि बाटो खुला छ ।



source https://www.onlinekhabar.com/2020/05/860429

Post a Comment

0 Comments