Looking For Anything Specific?

Header Ads

आमिर भन्छन्– ‘पिठोमा पैसा राख्ने मानिस म होइन’

बलिउड नायक आमिर खानको विषयमा केही दिनयता सामाजिक सञ्जालमा एउटा खबर फैलिएको छ ।

भारतमा एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक सञ्जालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ ।

तर, नायक आमिरले यो विषयमा स्पष्टीकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झूट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैनन् । धेरैधेरै माया छ ।’

नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ।



source https://www.onlinekhabar.com/2020/05/860701

Post a Comment

0 Comments