Looking For Anything Specific?

Header Ads

‘नारायण नगरपालिकाले चाप थाम्न सक्दैन’

१४ जेठ, दैलेख। नारायण नगरपालिका दुईतर्फी समस्यामा परेको छ । एकातिर आफ्ना ११ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लुलगायत पालिकाका नागरिकसमेत दैलेख सदरमुकाम आएर जाने क्रम बढेपछि थाम्न नसक्ने समस्या भएको नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले बताए ।

उनले भने, ‘विभिन्न पालिकाबाट आएका व्यक्तिलाई नारायण क्याम्पसमै ल्याएर छाडिदिने अवस्था सिर्जना भएको छ । आफ्नै जिल्लाका नागरिक हुन् भन्दै आफूले उच्च सतर्कताका साथमा बासस्थान, खानपानको व्यवस्थापन गर्दै आएको भए पनि सयौँको सङ्ख्यामा अन्य पालिकाका नागरिक आएपछि समस्या भयो ।’

उच्च सम्मानका साथ व्यवस्थापन गर्दागर्दै देखिएका सानातिना कमजोरी देखेर विरोध गर्नेको प्रवाह नगरेरै काम गरिरहेको नगरप्रमुख खड्काले बताए ।

उनले भने, ‘नगरपालिकाको स्वास्थ्य टोली र जिल्ला स्वास्थ्य टोली उपचारका लागि क्वारेन्टिनमा पालैपालो काम गरेका छौँ । सुरक्षा अभाव हुँदाहुँदै पनि जनताको सुरक्षा प्रदान गर्ने काम भइरहेको छ ।’

उनले सबैसँग हातेमालो गरेर कोरोना सङ्क्रमणबाट जनतालाई जोगाउनुपर्नेमा जोड दिए ।



source https://www.onlinekhabar.com/2020/05/867902

Post a Comment

0 Comments