१६ फागुन, काठमाडाैं । नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइमा प्रतिक्रिया जनाएका छन् ।
मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट नेता थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन ।
‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं,’ थापाले लेखेका छन्, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’
विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ;-‘पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु’।
मन्त्रीज्यू हामी पनि तयार छौँ। बहस कहाँ गराैं-संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?— Gagan Thapa (@thapagk) February 28, 2020
सूचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत कार्यभार सम्हालेका डा. खतिवडाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वदेशी उद्यमलाई प्रोत्साहित गर्न ज्ञानमा नभई पुस्तकमा कर लगाएको र आफू बहस गर्न तयार रहेको बताएका थिए ।
source https://www.onlinekhabar.com/2020/02/840157
0 Comments