Looking For Anything Specific?

Header Ads

रवीन्द्रको सम्झनामा पर्यटन पुरस्कार घोषणा

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।

अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् ।
दिवंगत मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन पुरस्कार स्थापना गरेको जानकारी दिँदै पर्यटन क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने बताए । मन्त्री भट्टराईका अनुसार, मन्त्रालयले स्थापित पुरस्कारबारे छिट्टै कार्यविधि बनाउने छ ।

कार्यविधिलगायतको ढिलाइले यस वर्ष दिवंगत अधिकारीको जन्मदिनमा पुरस्कार वितरण गरिने छैन । अर्को वर्षबाट भने अधिकारीको स्मृति दिवसकै दिन पुरस्कार बाँडिने मन्त्री भट्टराईले जानकारी दिए । कार्यविधि नबनिसकेकाले पुरस्कारको राशि पनि खुलाइएको छैन ।

गत वर्ष आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि फर्कंदै गरेको तत्कालीन पर्यटन मन्त्री रवीन्द्रसहित नागरिक उड्डयन प्राधिकरका कर्मचारी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी सवार हेलिकोप्टर ताप्लेजङमा दुर्घटना भएको थियो । जसमा मन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।



source https://www.onlinekhabar.com/2020/02/839886

Post a Comment

0 Comments