जन्मिएको प्रारम्भिक छ महिनासम्म शिशुका लागि आमाको दूध अमृत समान मानिन्छ । आमाको दूधमा सबै प्रकारका पोषक तत्वहरु समावेश हुन्छन्, जुन शिशुको विकासका लागि उपयोगी मानिन्छ ।
छ महिनासम्म शिशुलाई केवल आमाको दूधमा पिलाइन्छ । उनीहरुलाई त्यो अवधिमा अन्न अथवा पानी दिइँदैन । छ महिनापछि शिशुको अन्नप्राशन गरिन्छ र त्यसपछि शिशुलाई आमाको दूधका अतिरिक्त पानी तथा अन्य आहार दिन सकिन्छ ।
सामान्यतया हरेक आमाको इच्छा के हुन्छ भने उनको शिशु स्वस्थ तथा निरोगी रहून् । त्यसैले छ महिलापछि बच्चाहरुलाई दालको झोल, साबुदानाको खिर अथवा खिचडी, स्याउको गुदीसहित थुप्रै प्रकारका हल्का खानेकुरा खुवाइन्छ । शिशुले जब बिस्तारै-बिस्तारै नुनु भएको अथवा मीठो खानेकुराको स्वादका बारेमा थाहा पाउन थाल्छ र त्यसलाई सजिलैसंग खान थाल्छ, त्यसपछि आमाले उनलाई केही मसालेदार आहार खुवाउन चाहिन्छन् ।
त्यसो त शिशुलाई मसालेदार आहार खुवाउनुभन्दा पहिला आमाको मनमा के कुराको जिज्ञासा पैदा हुन्छ भने शिशुलाई कहिलेदेखि तथा कति मात्रा त्यस्तो आहार दिनु पर्छ ? आउनुहोस्, शिशुहरुलाई कुन उमेरदेखि मसालेदार आहार खुवाउन थाल्नु पर्छ र कुन मसलाको प्रयोग कति मात्रामा गरिनु पर्छ भन्ने बारेमा जानकारी हासिल गरौं ।
शिशुलाई कहिले खुवाउने मसालेदार आहार ?
शिशुलाई मसालेदार आहार ९ महिना अथवा एक वर्ष पुरा भएपछि खुवाउन थाल्नु पर्छ । छ महिनाको शिशुको पाचन तन्त्र निकै कमजोर मानिन्छ, जसले मसालेदार आहारलाई पचाउन सक्दैन । त्यसले शिशुको स्वास्थ बिग्रन सक्छ । सम्झनु पर्ने कुरा के छ भने शिशुहरुलाई काँचो मसला त दिनै हुँदैन ।
बच्चाको आहारमै मसलाको प्रयोग
प्रारम्भिक चरणमा शिशुको आहारमा दालचीनी, इलाइँची, हिङ, बेसार, अदुवा, सौंफ, ज्वानो, गरम मसला तथा जिराको प्रयोग गर्नु पर्छ । यसबाहेक शिशुलाई कुनै पनि नयाँ मसला दिनुभन्दा अघि तीन दिनको एउटा नियम अपनाउनु पर्छ । यदि तपाईंका शिशुलाई नयाँ मसला खाँदा कुनै समस्या भयो भने उसलाई त्यो मसला दोहोर्याएर खुवाउनु हुँदैन ।
कुन मसला कति मात्रा ?
बेसार
शिशुले खाने दाल अथवा तरकारीमा एक चिम्टी बेसार मिसाउनु पर्छ । यसका साथै चामलमा पनि बेसार तथा पुदीना मिसाएर शिशुलाई खुवाउन सकिन्छ । बेसारलाई छ महिनापछि शिशुको आहारमा मिसाएर खुवाउन सकिन्छ । यो एउटा प्राकृतिक एन्टिसेप्टिक पनि हो, जसले शिशुहरुलाई खोकी र चिसोबाट बचाउँछ ।
लसून
जबसम्म शिशु एक वर्षको हुँदैन, तबसम्म लसुनको एक अथवा दुई कल्लिलाई खानामा पिसेर हाल्न सकिन्छ । यसबाट दाल स्वादिष्ट बन्छ र शिशुको पाचन शक्ति पनि बलियो हुन्छ । लसुनले शरीरलाई जीवाणुहरुसंग लड्न सहयोग पुर्याउँछ । यसमा धेरै मात्रामा भिटामिन सी पनि पाउन सकिन्छ ।
दालचीनी
दालचीनलाई स्याउ तथा नासपाती पेस्ट, प|mूट ओट्स, जाम तथा मसला जाउलोमा मिसाउन सकिन्छ । केकलाई छाडेर शिशुको भोजनमा एक चिम्टी दालचीनी पाउडर मिसाउनु उचित हुनेछ । दालचीनीले पाचन प्रकृयामा सहयोग पुर्याउँछ । यो एउटा राम्रो एन्टि-अक्सिडेन्ट पनि हो ।
इलाइँची
साबुदाना अथवा स्याउको खीर बनाउने बेलामा एक चिम्टी इलाइँची पाउडर अथवा जाइफललाई खीरमा मिसाउनु पर्छ । यसले शिशुको स्वास्थलाई कुनै हानी पुर्याउँदैन । मसालेदार खीर सजिलै पच्छ ।
जीरा
मूङ अथवा रहरको पातलो दालमा घीउ तथा जीराले झानेर शिशुलाई खुवाउनु पर्छ । जीराले शिशुको पाचन क्ष्ँमतामा नराम्रो प्रभाव पार्दैन । यो मसला एउटा एन्टि-फंगल तथा रोगाणुरोधी एजेन्ट हो । यदि तपाईंको शिशुको पेटमा ग्यास भरिएको छ भने उसलाई आहारमा जीरा मिसाएर खुवाउनु पर्छ ।
गरम मसला
जब शिशु आठ महिनाका हुन्छन्, गरम मसलाको पाउडर उनीहरुखो भोजना बनाउने क्रममा मिसाउन सकिन्छ । स्वाद बढाउनका लागि गरम मसला पाउडरलाई जाउलो, पेनकेक, बिर्यानी आदिमा पनि मिसाउन सकिन्छ । शिशुको भोजनमा कम्तिमा थोरै गरम मसला प्रयोग गर्न सकिन्छ ।
ज्वानो
शिशु सात महिना भएपछि उनीहरुलाई ज्वानो खुवाउन सकिन्छ । ज्वानो पाउडरको प्रयोग जाउलो, दाल अथवा अन्य कुनै पनि प्रकारको स्न्याक्समा प्रयोग गर्न सकिन्छ । शिशुको भोजनमा एक चौथाइदेखि आधा चम्चासम्म ज्वानोको प्रयोग गर्न सकिन्छ । यो मसलाले पखाला, खोकी तथा चीसो लागेको बेला शिशुलाई उपयोगी हुन्छ । यसले पाचन प्रकृयामा पनि सहयोग पुर्याउँछ । यसले शिशुको आन्द्रामा भएका किराहरुलाई रोक्ने काम पनि गर्छ ।
यी सबै मसलाहरुको प्रभाव खासै गर्मी नगर्ने स्वभावको हुने भएकाले शिशुहरुले यीनलाई सजिलै पचाउन सक्छन् । त्यसो त केही मसलाहरुले शिशुलाई एलर्जी पनि हुनसक्छ । त्यसैले डाक्टरको सल्लाह अनुसार पनि शिशुहरुलाई मसालेदार आहार दिन सकिन्छ ।
source https://www.onlinekhabar.com/2020/02/840201
0 Comments