Looking For Anything Specific?

Header Ads

प्रियंकाको बिहेको यी ४ तस्वीर, जुन डिलेट गराइएको थियो

केही समय अगाडि नायिका ऋचा शर्माले नेपालमा रंग पत्रकारिता गर्ने फोटोग्राफरहरुप्रति लक्षित गर्दै भनेकी थिइन्–‘नेपालमा पापाराजी गर्ने कोही छैन ।’ आफू प्रेममा रहेको र प्रेमीसँग सार्वजनिक कार्यक्रममा पुग्दा पनि कसैले तस्वीर खिच्न नसकेको भन्दै ऋचाले यो जवाफ दिएकी थिइन् ।

एउटा कुरा के सत्य हो भने, सेलिब्रिटी र मिडियाकर्मीविच लुकामारीको खेल चल्छ । आफूले नचाहेका कुरा मिडियामा नआओस् भन्ने सेलिब्रिटीको चाहना हुन्छ भने मिडियाकर्मी त्यस्ता खबरलाई बाहिर ल्याउन चाहन्छन् । यो लुकामारीको खेल विश्वभर नै चल्छ ।

अब, मुख्य प्रसंगमा प्रवेश गरौ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले करिब एक साता लगाएर धुमधामले बिहे गरे । उनीहरुको बिहेमा मेहेन्दी, संगीत सेरेमोनीदेखि कोर्ट म्यारिज र परम्परागत बिहे सबै भयो । उनीहरुले, बिहे पार्टीको पनि आयोजना गरे । उनीहरुको बिहे पार्टी बाहेक अन्य स्थानमा मिडियालाई खबर गरिएको थिएन । सायद, यही भएर पनि मिडियाकर्मीले उनीहरुको गोप्यताको सम्मान गर्दै तस्वीरका लागि प्रियंका र आयुष्मानको सामाजिक संजाल नै पर्खिएका थिए ।

शुक्रबार बेलुकी ६ बजेपछि पार्टीको आयोजना गरिएको थियो । दिनभर उनीहरुले धुमधामले बिहे गरेका थिए । बेलुकी साढे ५ बजेतिर पार्टीमा सहभागी हुन भन्दै अतिथीहरु आउने क्रम सुरु भएको थियो । केही फोटोपत्रकार पनि बिहे परिसरमा पुगेका थिए । सोही क्रममा प्रियंकालाई अन्माउने क्रम चलेको थियो । प्रियंकालाई उनका आफन्तले बोकेर गाडीमा राख्दै थिए । प्रियंका खुशी देखिएकी थिइन् । सोही तस्वीर केही फोटोग्राफरले खिचे ।

यो तस्वीर सार्वजनिक गर्नै नहुने खालको पनि थिएन । अर्कोतिर, देशकै एक चर्चित सेलिब्रिटीको बिबाहलाई मिडियाले महत्व दिनु सामान्य कुरा हो । तर, तस्वीर खिचेका फोटोग्राफरले ठूलै गल्ती गरे जसरी उनीहरुको तस्वीर डिलेट गर्न लगाइयो । मिडियाले कलाकारको गोप्यता भंग गरेको भन्दै अर्ती दिइयो ।

हामीले यहाँ प्रस्तुत गरेका ४ तस्वीर डिलेट गर्न लगाइएको थियो । जसलाई रिकोभर गरेर हामीले सार्वजनिक गरेका छौ । यो तस्वीरमा न कुनै खराबी छ, न गोप्यता भंग नै गरिएको छ । नेपाली सेलिब्रिटीहरु आफूले चाहेको अवस्थामा, घर भित्रै क्यामेरा प्रवेश गराएर आफूले लगाउने भित्री बस्त्र यतिवटा छन् भनेर समेत खुशी हुँदै सार्वजनिक गर्छन् । रमाइलो गर्न विदेश पुग्दा, प्रेमीसँगका अन्तरंग दृश्य सामाजिक संजालमा पोष्ट गरेर मिडिया चर्चामा आउन चाहन्छन् । अनी, आफूले नचाहँदा सामान्य तस्वीरमा समेत गोप्यताको पाठ सिकाउँछन् ।

खैर, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले भव्यताका साथ बिहे गरेका छन् । उनीहरुलाई हाम्रो तर्फबाट दाम्पत्य जीवनको शुभकामना ।

तस्वीरः आर्यन धिमाल

तस्वीरः आर्यन धिमाल



source https://www.onlinekhabar.com/2020/03/840551

Post a Comment

0 Comments