Looking For Anything Specific?

Header Ads

पर्यटन बोर्डको सीईओका लागि आवेदन माग

१८ मंसिर, काठमाडौं । पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका सरकारले आवेदन माग गरेको छ । बोर्डको सीईओ नियुक्तका लागि गठन गरिएको उपसमितिले बुधबार सार्वजनिक सूचना निकाल्दै आवेदन माग गरेको छ ।

बोर्डका सीईओ दिपकराज जोशीको कार्यकाल सकिन लागेको नयाँ सीईओका ागि आवेदन माग गरिएको हो । २०७२ पुसमा सीईओ नियुक्त भएका जोशीको आगामी पुस ९ गते ४ वर्षे कार्यकाल पुरा हुँदैछ ।

उपसमितिले आजको मितिबाट २१ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ । सीईओका लागि ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ ।
यस्तो छ सूचनाः

 



source https://www.onlinekhabar.com/2019/12/817114

Post a Comment

0 Comments