१४ पुस, काठमाडौं । चिसोका कारण भारतका तीन राज्यमा २ दिनको अवधिमा ९० भन्दा बढीको ज्यान गएको छ ।
भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको ज्यान गएको हो ।
उत्तर–पश्चिम बग्ने हावाका कारण उत्तर प्रदेश, हरियाणा, पञ्जाब, राजस्थानमा लगायतमा आगामी शुक्रबारसम्म हल्का वर्ष हुने र बिहीबारदेखि हिउँ पर्न थाल्ने अनुमान गरिएको छ ।
नयाँ दिल्ली, पञ्जाब, हरियाणा, उत्तरी मध्य प्रदेश, उत्तरी राजस्थान, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, असामलगायतमा अवागमनसमेत प्रभावित हुने खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूलले जनाएका छन् ।
source https://www.onlinekhabar.com/2019/12/824314
0 Comments