६ माघ, काठमाडौं ।आज पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू-भागमा आंशिक बदली भएको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार र सोमबारसम्मे मौसम आंशिकरुपमा बदलिने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने सम्भावना छ ।
तराईमा हुस्सु/कुहिरो र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।
source https://www.onlinekhabar.com/2024/01/1422207
0 Comments