Looking For Anything Specific?

Header Ads

डोटीमा जिप दुर्घटना, वडासचिवसहित ३ जनाको मृत्यु

२१ मंसिर, कैलाली । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ मा म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र केआई सिंह गाउँपालिका-४ का ४० वर्षीय हरि नाराण्ण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनक राज पाण्डेले बताए ।

अर्की एक जना अन्दाजी ५०–५५ वर्षीया महिलाको सनाखत हुन नसकेको उनले बताए ।

डोटीको दिपायलबाट बोगटान फुड्सिल आउँदै गरेको जिप गएराति करिब साढे १ बजे बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ को चवराचौतारामा दुर्घटनामा परेको हो ।



source https://www.onlinekhabar.com/2020/12/913717

Post a Comment

0 Comments