Looking For Anything Specific?

Header Ads

कोरोना संक्रमणबाट सिराहामा एक पुरुषको मृत्यु   

२० मंसिर, लहान । कोरोना सङ्क्रमणबाट सिराहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा उनीको सोही अस्पतालमा पीसीआर परीक्षण गर्दा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएपछि उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।



source https://www.onlinekhabar.com/2020/12/913607

Post a Comment

0 Comments