१६ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बन्द रहेको सेयर बजार आगमी २६ गतेदेखि खुलाउने विषयमा छलफल भइरहेको बताएका छन् ।
सरोकारवालाहरुले बजार खुलाउन गरेको आग्रह पछि नेप्सेका सीईओ साउदे २५ गतेसम्म लकडाउन रहेको र २६ गतेदेखि खेल्ने सम्भावना रहेको बताए ।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बजार लामो समयसम्म बन्द हुँदा लगानीकर्तामा नकरात्मक असर परेको बताएका थिए ।
यो पनि पढ्नुहोस बन्द सेयर बजार खुलाउन मागकोरोना भाइसर (कोभिड–१९) को त्रासपछि लगानीकर्ताहरुकै आग्रहमा १० चैतदेखि बजार बन्द रहेको छ । सीईओ साउदले सरोकारवालाहरुकै आग्रहपछि मात्रै बजार बन्द गरिएको बताए ।
‘सबैसँग सरसल्लाह गरेर नै बजार बन्द गरिएको हो, लकडाउन लम्बिदै जादा बजार पनि बन्द नै रह्यो’ उनले भने, ‘अब २५ गते लकडाउन सकिदैछ, २६ गतेदेखि बजार खुला हुनसक्छ ।’
उनले बजार केकसरी खुलाउने भन्ने विषयमा पनि छलफल भइरहेको बताए । नेप्से पनि बजार चाडै खुलाउने पक्षमा नै रहेको उनले बताए ।
source https://www.onlinekhabar.com/2020/04/859038
0 Comments