Looking For Anything Specific?

Header Ads

चट्याङबाट कसरी जोगिने ?

वर्षायामसँगै चट्याङको कारण कतिपयले ज्यान गुमाउने गर्छन् । त्यसैले यसबेला चट्याङको संभावित जोखिमबाट बच्नका लागि केही सावधनी अपनाउनुपर्ने हुन्छ ।

खुला स्थान वा अग्ला डाँडाहरुमा चट्याङको जोखिम हुनसक्छ । टावर, अग्ला रुख, अग्ला संचरनामामा चट्याङ पर्न सक्छ । किनभने बादलमा जम्मा भएको विद्युतिय चचार्ज तटस्थ हुने क्रममा माथिबाट तलतिर आउँदा जुन बस्तु नजिक पर्छ, त्यहीमाथि बिपरित चार्ज पैदा हुन्छ । यसैलाई हामी चट्याङ परेको भन्छौ ।

चट्याङबाट कसरी जोगिने ?

यो प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न एवं नियन्त्रण गर्न सकिदैन । तर, सावधानी भने अपनाउन सकिन्छ । घर निर्माण गर्दा अर्थिङ गराउनु पर्छ, जसले चट्याङको भय हुँदैन ।

संभव भएसम्म चट्याङ पर्ने अवस्थामा घरभित्रै बस्नु सुरक्षित हुन्छ । घरबाहिर भएपनि सुरक्षाको उपया अपनाउनु पर्छ ।

१. घरभित्रको बिद्युतिय उपकरणको स्विच अफ गर्ने । टिभी, कम्प्युटर आदिको तार छोएर नबस्ने । साथै धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नु हुँदैन ।

२. भुँइमा सुत्नु, भित्तमा अडेसिनु पनि जोखिम हुनसक्छ । झ्याल–ढोकाको छेउमा नबस्ने ।

३. चट्याङ परिरहेको बेलवा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुनसक्छ । हात धुने, नुहाउने जस्ता काम नगरौ ।

४. खोला, पोखरी आदिमा नबस्ने ।

५. अग्लो एवं खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्ने ।

६. यदि तपाई घरबाहिर हुनुहुन्छ भने होचो स्थानमा बस्नु उपयुक्त हुन्छ ।

७. मोटरसाइकल, साइकल आदि चलाइरहेको अवस्थामा पनि चट्याङ पर्ने संभावना हुन्छ ।

८. धातुको पाइप, पर्खाल, रुख आदिको छहारीमा नबस्ने ।

चट्याङले घाइते भएमा के गर्ने ?

यदि चट्याङले घाईते भएको अवस्थामा उसलाई तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ । श्वासप्रश्वास वा धड्कन रोृकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ ।

चट्याङले पोलेको, नसाहरुमा क्षति पुगेको छ, हाट टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै स्वस्थ्य चौकी पु¥याउनु पर्छ ।

चट्याङ के हो ?

चट्याङ बिपरितबाट आएको बादल आपसमा ठोक्किदा त्यसको अणुहरुबीच हुने आकर्षण, विकर्षण र घर्षणबाट उत्पन्न हुने बिद्युतिय तरंग एवं शक्ति हो । यो अचानक हुने बिद्युतिय बिस्फोटन हो । चट्याङले बिद्युतिय लहर उत्पन्न गराउँछ । यसबाट जोगिनका लागि सावधानी अपनाउनै पर्छ ।



source https://www.onlinekhabar.com/2020/04/858658

Post a Comment

0 Comments