१७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ । यस तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ३१ लाख १४ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने २ लाख १६ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परीक्षणको दायरा बढाएको भन्दै संक्रमितको संख्या विस्तारै शून्यमा झर्ने दोहोर्याएका छन् । गत फेब्रुअरी महिनामा अमेरिकामा १५ जना संक्रमित फेला पर्दा पनि ट्रम्पले त्यही कुरा भनेका थिए ।
अहिले अमेरिका कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै १७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ ।
source https://www.onlinekhabar.com/2020/04/859215
0 Comments