गर्मी सिजन सुरु भएपछि यसैपनि खानपानमा सर्तकता अपनाउनुपर्छ । खानेकुरा चाडै गल्ने, सड्ने हुन्छ । त्यसमथि झिंगा र साङ्लाले खानेकुरा दुषित बनाइदिन्छ । झिंगा त नियन्त्रण गर्न सकिन्छ तर साङ्ला फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।
खासगरी भान्साको कुनाकाप्चामा बस्ने साङ्ला शौचायको ढल जस्ता ठाउँमा पनि सुरक्षित हुने गर्छ । यसरी जहाँपनि सुरक्षित हुने र अत्याधिक प्रजनन क्षमता भएका कारण साङ्लालाई निर्मुल गर्न त्यती सजिलो छैन ।
यो यस्तो जीवन हो, जो हजारौं, लाखौं बर्षदेखि धर्तीमा छन् । हरेकजसो घरमा साङ्ला पाइन्छ । घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दुषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलाई पेटको समस्या हुन्छ । वान्ता वा पखला लाग्न सक्छ ।
साङ्लाको कारण फूड प्वाइजन हुने संभावना रहन्छ । यसका साथै टाइफाइडको पनि समस्या हुनसक्छ । किनपनि यस्तो हुन्छ भने, साङ्ला सैलमोनेला नामक भाइरस फैलाउने प्रमुख श्रोत हो ।
साङ्लाको कारण एलर्जीको समस्या हुन्छ । यसले छालामा समस्या ल्याउन सक्छ । खासमा साङ्लाले मुखबाट ¥याल निकाल्छ । त्यस्तो ¥याल भान्साको कुनैपनि सामानमा रहनसक्छ । भाँडावर्तन, खानेकुरामा ¥याल रहन्छ । साथै ओड्ने ओछ्याउनेमा पनि साङ्लाको ¥याल रहन्छ, जसले एलर्जीको समस्या ल्याउँछ ।
साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।
साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।
कसरी बच्ने ?
-साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भने समेत केहि दिनसम्म जीवित रहन सक्छ । यो प्राय भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।
– साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हु“दैन ।
– लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।
– सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पु¥याउ“छ ।
पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठा“उमा छर्कनुपर्छ ।
source https://www.onlinekhabar.com/2020/04/858666
0 Comments