Looking For Anything Specific?

Header Ads

पनौतीमा फुड बैंक, सबै वडाका विपन्नलाई १७ थरी राहत सामग्री

२० चैत, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैंक’ सञ्चालन गरेका छ । बुधबार बसेको नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले पनौतीमा ‘फुड बैंक’ सञ्चालन गर्ने निर्णय गरेर काम अगाडि बढाएको हो ।

पनौती बजारमा रहेको इन्दे्रश्वर प्राथमिक विद्यालयमा फुड बैंकको कार्यालय नै स्थापना गरेको मेयर भीम न्यौपानेले बताए ।

‘हामीलाई दाताले उपलब्ध गराउने खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलाई फुड बैकमार्फत एकद्वार प्रणालीमा वितरण गर्नेछौं, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा ५ जना कर्मचारी परिचानल गरेर फुड बैंकको काम अगाडि बढाइएको छ’ मेयर न्यौपानेले भने ।

नगरपालिकाभरी विपन्न वर्गका लागि राहत दिन चाहनेले नगरपालिकामार्फत नै दिनुपर्नेछ छ । उक्त राहत फुड बैंकमा जम्मा पार्ने र वास्तविक लाभग्राहीलाई वितरण गरिने मेयर न्यौपानेको भनाइ छ ।

एउटा वडामा दश जनालाई

पनौती नगरपालिकाले हरेक वडाका दश परिवारलाई प्याकेज मार्फत खाद्यान्न उपलब्ध गराउने भएको छ । नगरपालिकाले वडा नं. ७ मा २० परिवार र अन्य वडामा प्रतिवडा दश परिवारलाई एक साताको लागि खाद्यान्न उपलब्ध गराउने उपमेयर गीत बञ्जाराले बताइन् ।

राहतमा १७ प्रकारका दैनिक उपभोग्य वस्तु वितरण गरिने छ । चामल, दाल, नुन, गेडागुडी, तेल, बेसार प्याज, लसुन, चाउचाउ, विस्कुट, चिनी, चियापत्ति, लुगा धुने साविन, नुहाउने साबुन, हात धुने साबुन, आलु, चिउरा र दालमोठ वितरण गरिने छ ।

लकडाउनको समयमा खानै नपाउनेहरुको पहिचान गर्ने जिम्मा वडालाई दिइएको छ ।

पनौतीमा विदेशबाट फर्किने कहाँ छन् ?

पछिल्लो समय पनौती नगरपालिकामा विदेशबाट एक सय एक जना फर्किएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको प्रमुख न्यौपानेले जानकारी दिए । कतिपयलाई धुलिखेल अस्पताल र काठमाडौंको टेकु अस्पतालसम्म लगेर परीक्षण समेत गरिएको छ ।

हाल पनौतीको खोपासी प्राथामिक स्वास्थ्य केन्द्रमा दश शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । पनौती क्षेत्रीय रंगशालाभित्र ४० शय्याको रंगशालासमेत तयारी अवस्थामा छ । नगरपालिकाभरी डिसइन्फेक्सन स्प्रे छर्ने काम भइसकेको नगरपालिकाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/04/850289

Post a Comment

0 Comments