Looking For Anything Specific?

Header Ads

रुपन्देही कांग्रेसले भन्यो : सीमामा अलपत्र परेकाहरुको उद्दार गर

२० चैत, बुटवल । नेपाली कांग्रेस, रुपन्देहीले सीमा नाकामा अलपत्र परेकाहरुलाई राख्न आवश्यक परे पार्टी कार्यालयलाई क्वारेन्टाइन बनाउन तयार रहेको बताएको छ ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र सचिव रामकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै भारतीय सीमा नाकाहरुमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न माग गरेका हुन् । ‘सरकारले चीनमा रहेकालाई विमान चाटर्र गरेर ल्याउने तर सीमामा आएकालाई नेपाल छिर्न नदिने यो कस्तो खाले विभेदको नीति हो ?’ खाँणले भने ।

उनीहरुलाई उद्दार गरेर नेपाल ल्याउन माग गर्दै कांग्रेसले क्वारेन्टाइनका लागि आवश्यक परे पार्टी कार्यालय भवन दिन तयार रहेको बताएको छ ।

कांग्रेस, रुपन्देहीले बुटवल कोरोना अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको मृत्युबारे सत्यतथ्य छानबिन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेको छ ।



source https://www.onlinekhabar.com/2020/04/850290

Post a Comment

0 Comments