Looking For Anything Specific?

Header Ads

बालुवाटारमा प्रधानमन्त्रीको ‘बर्थडे सेलिब्रेसन’

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।
उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीका परिवारका केही सदस्यहरु र सचिवालयका सदस्यहरु बसेर बधाइ साटासाट गरेका थिए ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईका अनुसार बालुवाटारस्थित निवासमा जन्म दिन मनाउने कुनै औपचारिक कार्यक्रम भने गरिएको थिएन ।

भट्टराईले भने, ‘प्रधानमन्त्रीज्यू आठराई जानका लागि निस्किँदै हुनुहुन्थ्यो, त्यही बेला केही शुभेच्छुक र साथीहरु आकस्मिक रुपमा आएर बधाई दिने र ग्रहण गर्ने काम भयो ।’



source https://www.onlinekhabar.com/2020/02/838802

Post a Comment

0 Comments