Looking For Anything Specific?

Header Ads

सरकारले साढे १६ लाख नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

११ फागुन, काठमाडौं । चरम गरिबीको सीमाभित्र रहेको नागरिकको सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

आइतबार राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहमा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

साढे १६ लाख नागरिक चरम गरिबीको रेखामुनि रहेको भन्दै उनले उनीहरू सबैको प्रिमियम सरकारले नै तिरेर बीमा हुने बताए ।

‘अहिले ३५ सय तिरेपछि लाख रुपैयाँसम्म कभर हुनेगरी परिवारको बीमा हुन्छ’ अर्थमन्त्रीले भने, ’गरिबीको रेखामुनि रहेका १६ लाखले त्यो तिर्नु परेन, सरकारले नै तिरिदिनेछ ।’

अर्थमन्त्री खतिवडाले पछिल्लो समय बीमाको पहुँचमा उल्लेखीय सुधार भएको भन्दै खुसी व्यक्त गरे । बीमा पुहँच बढेर २२ प्रतिशत पुग्नु ज्यादै खुसीको कुरा भएको भन्दै भए पनि यो नै पर्याप्त भने नभएको अर्थमन्त्री खतिवडाले बताए ।

‘बीमा समितिका अध्यक्षज्यूले बीमाको पहुँच २२ प्रतिशत पुगेको बताउनु भयो, यो धेरै राम्रो कुरा हो तर पर्याप्त भने छैन’ अर्थमन्त्री खतिवडाले भने, ‘बीमाको दायरा अझै बढाउनु पर्नेछ, जसले प्रिमियम तिर्न सक्छन् तिर्नु परो तिर्नै नसक्नेका लागि त सरकार छ ।’



source https://www.onlinekhabar.com/2020/02/838818

Post a Comment

0 Comments