Looking For Anything Specific?

Header Ads

दाङबाट ७० क्युफिट अवैध सालको काठ बरामद

२२ माघ, दाङ । इलाका प्रहरी कार्यालय, गढवाले सत्तरी क्युफिट अवैध सालको काठ बरामद गरेको छ ।

प्रहरीले बुधबार राति करिब एक बजे दाङको राजपुर गाउँपालिका–१, माररीखोला बुकी डाँडा सामुदायिक वनबाट अन्दाजी ७० क्युफिट अवैध सालको काठ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिए ।

बुकीडाँडा सामुदायिक वनभित्रबाट काठ निकाल्न लागेको सूचनाका आधारमा पुगेको काठ बरामद गरिएको राठोरले जानकारी दिए । राठोरका अनुसार बरामद गरिएको काठ कसको हो भन्ने खुल्न बाँकी छ ।

प्रहरीले काठको मुचुल्का बनाई डिभिजन वन कार्यालय, देउखुरी लमहीलाई बुझाउने तयारी गरेको छ ।



source https://www.onlinekhabar.com/2020/02/833821

Post a Comment

0 Comments