Looking For Anything Specific?

Header Ads

नेपालले टस जितेर ओमानविरुद्ध फिल्डिङ रोज्यो

२२ माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानविरुद्ध टस जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले फिल्डिङ रोजेको छ ।

ओडीआई मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो ओडीआई खेल हो। लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।

त्रिकोणात्मक सिरिज माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो पटक नेपाल र ओमान २०१८ मा डिभिजन २ मा खेलेका थिए, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो । दुई वर्षपछि ओमानसँग भिड्दा नेपाललाई घरेलु मैदानमा दर्शकका अगाडि जित हात पार्दै बदला लिने अवसर छ ।

 



source https://www.onlinekhabar.com/2020/02/833805

Post a Comment

0 Comments