Looking For Anything Specific?

Header Ads

अन्तर्राष्ट्रिय वरीयतामा नेपाली भलिबल : महिला ८७ र पुरुष १३८ औं स्थानमा

२२ माघ, काठमाडौं । नेपाली महिला र पुरुष भलिबल टिम अन्तर्राष्ट्रिय वरीयतामा समेटिएका छन् । विश्व भलिबलको सर्वोच्च संस्था एफबईभीबीले अन्तर्राष्ट्रिय वरीयतामा नेपाली महिला  र पुरुष भलिबल टिम समावेश गरेकाे हाे । वरीयतामा नेपाली महिला टिम ८७ औं र पुरुष १३८ औं स्थानमा परेका छन् ।

८७ औं स्थानमा समेटिएको नेपाली महिला भलिबलको ५७ अंक छ ।

त्यस्तै, चीन पहिलो र अमेरिका दोस्रो वरीयतामा पर्न सफल भएका छन् ।

पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको महिला टोलीले पहिलो एभीसी महिला सेन्ट्रल जोन जितेको थियो भने १३ औं सागमा रजत जितेको थियो ।

त्यसैगरी पुरुषतर्फको नेपाली भलिबल टिम १३८ औं स्थानमा छ । एफआईभीबीले पुरुषतर्फ ८३ औं स्थानदेखि तलका टिम सबैलाई ५० अंक दिएर वरीयतामा समावेश गरेको जनाएको छ । पुरुषतर्फ ब्राजिल पहिलो र पोल्याण्ड दोस्रो स्थानमा छन् ।



source https://www.onlinekhabar.com/2020/02/833796

Post a Comment

0 Comments