Looking For Anything Specific?

Header Ads

संविधान संशोधन ढाँट–छल, राजनीति गरिन्छ, जुवा खेलिन्न : ईश्वर पोखरेल

१३ फागुन, काठमाडौं । सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । उनले संशोधनको गृहकार्य नाजायज भएको टिप्पणी गर्दै यसलाई ढाँटछलको संज्ञा दिएका छन् ।

‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ,’ उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रभावशाली नेता पोखरेलले मंगलबार ट्विट गरेका छन्, ‘मानिसहरू यो सुनेर उदेक मान्दैछन् ।’


संविधान संशोधनको गृहकार्य थाल्नुअघि त्यो केका लागि भनेर प्रष्ट पार्नुपर्ने पोखरेलको भनाइ छ । ढाँट र छल गरेर धेरै दिन नटिक्ने भन्दै उनले राजनीति गरे पनि जुवा नखेल्ने चेतावनी दिएका छन् ।

‘केका लागि संशोधन ! खराखरी बहस गर्नेबेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ, कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न !,’ पोखरेलले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

नेकपाले हालै संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । संविधान संशोधनको गृहकार्यका निम्ति यस्तो कार्यदल गठन गरिए पनि स्वयं नेकपाभित्रै यसको चर्को विरोध भएको छ । कार्यदल सदस्यहरूले नै संविधानको औचित्यमाथि प्रश्न उठाउँदै त्यसमा बस्न इन्कार गरेका छन् ।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेर प्रधानमन्त्री बनाउने योजनाअनुरूप एकाएक संविधान संशोधनको विषय आएको अधिकांशको बुझाइ छ । हालको संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यमात्र प्रधानमन्त्रीको उम्मेदवार हुन पाउँछ ।

यो पनि पढ्नुहोस झ्यालबाट संसद् छिर्ने वामदेवको सपना फेरि भूमरीमा यो पनि पढ्नुहोस ठोकेर भन्छु, नेकपा यसरी चल्दैन : सुवास नेम्वाङ यो पनि पढ्नुहोस माधवलाई ‘जालसाजी’को जनाउ, वामदेवको आफ्नै मस्यौदा !

source https://www.onlinekhabar.com/2020/02/839379

Post a Comment

0 Comments