Looking For Anything Specific?

Header Ads

नारायणहीटीको गणतन्त्र स्मारक भत्काउनुपर्छ : माधव नेपाल

२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नारायणहिटी दरबार परिसरभित्र बनाइएको गणतन्त्र स्मारक भत्काउनुपर्ने बताएका छन् । गणतन्त्र स्मारक नारायणहिटी परिसरमा नभइ अन्तै बनाउनुपर्ने उनको मत छ ।

‘नारायणहीटीमा गणतन्त्र स्मारक बनाउन हुँदैनथ्यो बनाइयो, त्यो गलत थियो,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा भने, ‘अब भत्काइदिनुपर्छ ।’

मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्‍याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरेको छ । सो स्मारकको २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् ।

यो पनि पढ्नुहोस ४५ करोड खर्चेर बनाइएको गणतन्त्र स्मारकमा खास के छ ? (फोटोसहित)

२०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र स्मारक शिलान्यास गरेका थिए ।



source https://www.onlinekhabar.com/2020/02/833828

Post a Comment

0 Comments