Looking For Anything Specific?

Header Ads

कैलालीको जुवाघरमा प्रहरी छापा, वडाध्यक्षसहित १६ पक्राउ

१३ माघ, धनगढी। कैलालीको गोदावरी नगरपालिकाबाट एक वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरपास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्ति र उनीहरूको साथबाट बरामद गरिएका रकम तथा सामानबारे भने प्रहरीले खुलाएको छैन ।

कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जुवा खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीलले नियन्त्रणमा लिएको जानकारी दिए ।

समातिएकाबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी प्रहरीले गरेको छ ।



source https://www.onlinekhabar.com/2020/01/831503

Post a Comment

0 Comments