Looking For Anything Specific?

Header Ads

सदस्य धेरै भएपछि राष्ट्रियसभा गृहमा नेकपा बैठक, सम्बोधन प्रधानमन्त्रीबाट

१५ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

बुधबार बिहान ११ बजे राष्ट्रिय सभगृहमा बैठक बस्न लागेको नेकपा नेताहरूले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा नअट्ने भएपछि राष्ट्रिय सभागृहमा बैठक गर्न लागिएको हो ।

नेकपा केन्द्रीय समिति हाल ४ सय ४६ सदस्यीय छ । यीमध्ये ४ सय बढी बैठकमा सहभागी हुने भएपछि सभागृहमै बैठक गर्न लागिएको नेकपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

केन्द्रीय समिति बैठकको उद्घाटन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । ओलीले बैठक उद्घाटन गर्दै मन्तव्य राख्ने कार्यक्रम तय भएको छ ।

बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ । केन्द्रीय समिति जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।

नेकपा स्रोतका अनुसार, बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।



source https://www.onlinekhabar.com/2020/01/832068

Post a Comment

0 Comments