उभिनु आफैमा पनि एक राम्रो व्यायाम हो । हामी शारीरिक स्वास्थ्यका लागि बिहान व्यायाम गर्छौं । योगा गर्छौं । ध्यान गर्छौं । वर्कआउट गर्छौं । शारीरिक काम गर्छौं । तर दिनभर निस्त्रिय बस्छौ । एकै थलोमा घण्टौ विताउँछौ ।
जबकी दिनभर कामको सिलसिलामा बसिरहँदा पनि उठ्ने, हिँड्ने गर्नुपर्छ ।
विभिन्न जर्नलमा प्रकाशित अध्ययनहरुका अनुसार उभिएमा शरीरको क्यालोरी बर्न हुन्छ । शरीरमा रोग लाग्न पाउँदैन ।
हामीकहाँ हिँड्नु वा डुल्नुलाई मात्र एक्सरसाइज भन्ने गरिन्छ । दैनिक कम्तीमा पनि आधा घण्टा हिड्नाले मुटु स्वस्थ रहने चिकित्सकहरुको भनाई छ ।
जबकी विभिन्न अनुसन्धानहरुले भने दिनमा कम्तीमा एक घण्टा उभिएमा मात्र पनि शरीरमा अनगिन्ती फाइदा हुने पुष्टि गर्दै आएको छ । भनिन्छ, बसिरहँदा शरीरमा बोसो एकत्रित हुन थाल्छ । जबकी उठेर काम गर्दा, शरीरले काम गर्ने तरीकामा पनि फरक पर्ने गर्छ । विभिन्न अध्ययनहरुले जनाए अनुसार उभिदाँ शरीरको फ्याट बर्न हुन्छ । जबकी बस्दा शरीरमा फ्याट एकत्रित हुनथाल्छ ।
रोगबाट बचाउँछ
यूरोपियन हार्ट जर्नलमा प्रकाशित एक अध्ययन अनुसार उभिनाले कोलेस्ट्रोलको स्तरमा समेत सुधार आउन थाल्छ । मधुमेह तथा कोलेस्ट्रोल नियन्त्रित रहन्छ । झण्डै आठ सय सहभागी उक्त अध्ययनमा जब सहभागीले दैनिक दुई घण्टा अतिरिक्त उभिन थाले, तब उनीहरुको मधुमेहको स्तर दुई प्रतिशत तथा मोटोपनाको स्तर एघार प्रतिशतसम्म कम भएको थियो ।
के उभिनाले क्यालोरी बर्न हुन्छ ?
हो, उभिनाले शरीरको क्यालोरी समेत बर्न हुने गर्छ । विशेषगरी,धेरै समय उभिदा खुट्टा, पेट र हिपको मांसपेशीको दरो एक्सरसाइज हुन्छ, जसले गर्दा शरीरको फ्याट बर्न हुन्छ ।
उभिनु र हिँड्नुमा धेरै फरक छ
विभिन्न अध्ययनहरुले जनाए अनुसार एक स्वस्थ व्यक्तिले दिनमा एक घण्टा उभिएमा करिब एक सय ९० क्यालोरी बर्न हुन्छ । जबकी बसिरहँदा जम्मा एक सय ३० क्यालोरीमात्र बर्न हुने गर्छ । जबकी त्यति नै समय हिडेमा शरीरमा तीन सय ३० क्यालोरीसम्म बर्न हुने गर्छ । तर सधैभरी हिडिराख्न सम्भव नहुन सक्छ । तर यसको कमीलाई धेरैभन्दा धेरै समय उभिएर पनि पूर्ति गर्न सकिन्छ ।
१६ पटक उभिन जरुरी ?
तपाई अफिसमा रहँदा दिनमा कतिपटक सिटबाट उठ्नु हुन्छ ? एक पटक वा दुई पटक । जबकी एउटा व्यक्तिलाई दिनमा कम्तीमा पनि प्रत्येक आधा घण्टामा करिब दश मिनेटकै लागि भएपनि सिटबाट उठ्नुपर्छ । अर्थात, दिनमा कम्तीमा पनि १६ पटक उठ्न जरुरी हुन्छ ।
उभिनका लागि के के गर्न सकिन्छ ?
व्यस्त जीवनशैलीका बाबजुद पनि उभिएरै शरीरको क्यालोरी बर्न गर्न चाहनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ ।
-अफिसमा उभिएर काम गर्न सक्ने डेस्कको खोजी गर्ने र आठ घण्टाको सिˆटमा कम्तीमा दुई घण्टा उभिएर काम गर्नुपर्छ ।
-हिँड्दा कुरा गर्ने । सम्भव भएसम्म मिटिङ्ग पनि हिँडेरै गर्नुपर्छ ।
-सुन्दा अचम्म लाग्न सक्छ । तर उभिएर टिभी हेर्नु पनि शरीरको क्यालोरी बर्न गर्ने राम्रो उापय हो ।
-दिनमा कति समय उभिने भन्नका लागि घडीमा टाइम सेट गर्ने वा अर्लाम लगाउने । यसले पनि बेलाबेलामा उभिनु पर्छ भन्ने कुरा याद दिलाउँछ र शरीरको फ्याट बर्न गर्न सहयोग पुर्याउँछ ।
source https://www.onlinekhabar.com/2020/01/831837
0 Comments