Looking For Anything Specific?

Header Ads

सीमा विवाद मिलाउन विशेष दूत बनेर भारत जाँदै माधव नेपाल

१९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको सफलता आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक समसामयिक राजनीति, प्रदूषण शुल्कको उपयोगलगायत विषयलाई पनि अखबारहरूले महत्त्व दिएर छापेका छन् ।

अन्नपूर्णले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार स्वर्णको शतक पार गरेको लेखेको छ । समाचार अनुसार, सागको इतिहासमा नेपालले जितेको कुल स्वर्ण पदकको संख्या १ सय पुगेको छ । नेपालका लागि दक्षिण एसियाली खेलकुदमा एक सयौं स्वर्ण पदक जित्ने अवसर घरेलु मैदानमै जुर्नु अर्को संयोग हो ।

जारी सागमा नेपालले २९ स्वर्ण हासिल गरेको छ । भारत ३४ स्वर्णका साथ पदक तालिकाको पहिलो नम्बरमा छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेको दाबी पनि अन्नपूर्णले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेको समाचारमा उल्लेख छ ।

नेकपा सचिवालय बैठकमा बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएका थिए । ‘भारतीय पक्षबाट जवाफ नआएकाले टुंगो नलागेको नेता नेपालले बताए’, अन्नपूर्णले लेखेको छ ।

राजधानीको नजर प्रदूषण शुल्कमाथि परेको छ । राजधानीका अनुसार मुलुकभर प्रदूषणको मात्रा बढे पनि यसको नियन्त्रणका लागि जम्मा भएको रकम सरकारी ढुकुटीमा थन्किएको छ । सरकारले प्रदूषण शुल्क शीर्षकमा सात अर्ब जम्मा गरे पनि त्यो सरकारी ढुकुटीमा थन्किएको हो ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



source https://www.onlinekhabar.com/2019/12/817454

Post a Comment

0 Comments