Looking For Anything Specific?

Header Ads

कराँतेमा नवीनले जिते स्वर्ण

१७ मंसिर, काठमाडौं । कराँतेको कुमुतेमा नेपालले अर्को स्वर्ण जितेको छ । ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराए ।

योसँगै १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या १९ पुगेको छ ।

मंगलबार बिहान उसुको थाउलोमा २ र दुवाथोलनमा  १ स्वर्ण हासिल गरेको हो । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।त्यस्तै, पोखरामा भएको दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

१३ औं सागअन्तर्गत अहिले विभिन्न खेलहरू भइरहेका छन् ।



source https://www.onlinekhabar.com/2019/12/816812

Post a Comment

0 Comments