Looking For Anything Specific?

Header Ads

चितवनको कौडाखालमा प्रहरीको छापा, ३२ जना पक्राउ, झण्डै ६ लाख बरामद

११ कात्तिक, चितवन । चितवन प्रहरीले कौडा खेलिरहेका ३२ जनालाई झण्डै ६ लाख नगदसहित पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१४ मा पर्ने महेन्द्र चोकबाट १२ जना र खैरहनी नगरपालिका-१ सिमलघारीबाट २० जनालाई प्रहरीले पक्रेको हो ।

महेन्द्र चोकको महिनी पार्टी प्यालेसमा आइतबार राति करिब सवा एक बजे जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले छापा मारेको थियो । त्यहाँ कौडा खेलिरहेका १२ जना ३ लाख ८४ हजार एक सय रुपैयाँ रुपैयाँसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस ‘भीआईपी’ जुवाको खाल, जहाँ बरामद भएको पैसा गन्न तीन घन्टा लाग्यो

यसैगरी चितवनकै खैरहनी नगरपालिका-१ सिमलघारीको एक खालि घरमा कौडा खेलिरहेका २० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ नगद र १६ थान कौडा बरामद भएको छ ।

पक्राउ परेकाहरुको नामावली यसप्रकार छ-

जिप्रका चितवनको नियन्त्रणमा रहेकाहरु

१. भरतपुर ८ बस्ने वर्ष ४२ को कुलबहादुर भुजेल ।

२. भरतपुर १५ बस्ने वर्ष ३५ को किशन बहादुर आले ।

३. भरतपुर १४ बस्ने वर्ष ४४ को मदन हरि अधिकारी ।

४. भरतपुर १४ बस्ने वर्ष ५१ को सुशिल सिलवाल ।

५. भरतपुर ६ बस्ने वर्ष ५० को कृष्ण हरि धिताल ।

६. भरतपुर ८ बस्ने वर्ष ३८ को विष्णु प्रसाद देवकोटा ।

७. भरतपुर १५ बस्ने वर्ष ३० को सागर पौडेल ।

८. भरतपुर १४ बस्ने वर्ष ४९ को हरि प्रसाद पौडेल ।

९. भरतपुर १४ बस्ने वर्ष ४६ को अन्तराज पोख्रेल ।

१०. भरतपुर १४ बस्ने वर्ष ५४ को अनन्त अधिकारी ।

११. भरतपुर १५ बस्ने वर्ष २६ को जलन मगर ।

१२. बर्दियाको बाँसबारी बस्ने वर्ष ४४ को रामबहादुर घर्ती ।

खैरहनी प्रहरीको नियन्त्रणमा रहेकाहरु

१. खैरहनी न.पा.१ बस्ने वर्ष ३८ को अर्जुन डल्लाकोटी ।

२. खैरहनी न.पा.१ बस्ने वर्ष ४८ को कुमार डल्लाकोटी ।

३. खैरहनी न.पा.१ बस्ने वर्ष ४५ को सुरेश सुबेदी ।

४. खैरहनी न.पा.१ बस्ने वर्ष ४४ को राजाराम पन्त ।

५. खैरहनी न.पा.१ बस्ने वर्ष ४८ को मुकुन्दसेन कार्की ।

६. खैरहनी न.पा.१ बस्ने वर्ष २३ को मिलन सुनार ।

७. खैरहनी न.पा.१ बस्ने वर्ष ३२ को ध्रुव गिरी ।

८. खैरहनी न.पा.१ बस्ने वर्ष ३१ को अर्जुन थापा ।

९. खैरहनी न.पा.१ बस्ने वर्ष ३४ को उमेश सुनार ।

१०. खैरहनी न.पा.१ बस्ने वर्ष ३९ को राजेन्द्र अर्याल ।

११. खैरहनी न.पा.१ बस्ने वर्ष ३४ को अर्जिन वि.क. ।

१२. खैरहनी न.पा.१ बस्ने वर्ष ३२ को प्रदीप पाठक ।

१३. खैरहनी न.पा.१ बस्ने वर्ष ३० को बिशाल राना ।

१४. खैरहनी न.पा.१ बस्ने वर्ष ३० को जीवन बि.क. ।

१५. खैरहनी न.पा.१ बस्ने वर्ष ४३ को प्रेम थापा ।

१६. खैरहनी न.पा.१ बस्ने वर्ष ५२ को छोउ थापा ।

१७. खैरहनी न.पा.१ बस्ने वर्ष ३२ को सुमन रोक्का ।

१८. खैरहनी न.पा.१ बस्ने वर्ष ४० को अर्जुन पुरी ।

१९. खैरहनी न.पा.१ बस्ने वर्ष ३० को सन्तोष साह ।

२०. खैरहनी न.पा.१ बस्ने वर्ष ४५ को रामप्रसाद डल्लाकोटी ।



source https://www.onlinekhabar.com/2019/10/806908

Post a Comment

0 Comments