यदि तपाईं पहिलो पटक व्रत बस्दै हुनुहुन्छ भने तपाईंलाई छठ पूजा सामग्रीका बरोमा जानकारी हुनु पर्छ । छठ पूजाका लागि आवश्यक पर्ने सामग्रीहरु के के हुन् त ?
सूर्य तथा छठ माताको उपासनाको महापर्व अर्थात छठ प्रारम्भ हुँदैछ । सन्तान प्राप्ति तथा सन्तानको मंगलकामनाको यो व्रत राख्नका लागि थुप्रै दिन अघिदेखि तयारीहरु थाल्नु पर्छ । जसरी हरेक व्रतका लागि विशेष पूजा सामग्रीको आवश्यकता पर्दछ, ठिक त्यसै गरी छठ पूजाका लागि पनि विशेष पूजा सामग्रीको आवश्यकता पर्दछ ।
यदि तपाईं पहिलो पटक छठको व्रत बस्न लाग्नु भएको छ भने तपाईंलाई छठ पूजाका सामग्रीहरुको बारेमा जानकारी हुनै पर्छ । यदि तपाइर्ंलाई त्यसका बारेमा जानकारी छैन भने पनि चिन्ता लिनु पर्दन । हामी तपाईलाई छठ पूजामा कुन-कुन बस्तुहरुको आवश्यकता पर्दछ भन्ने कुराको जानकारी गराउँदै छौं । छठको व्रत बस्नुअघि नै ती सामग्रीहरुको व्यवस्था गर्नु भयो भने तपाईंलाई निकै सुविधा हुनेछ ।
छठ पूजा सामग्री
१.आफ्नो लागि नयाँ वस्त्र जस्तै सलवार-कुर्ता, साडी अथवा पुरुषहरुका लागि कुर्ता-पाइजामा अथवा उनीहरुलाई जे सुविधाजनक हुन्छ त्यही ।
२. छठ पूजाको प्रसाद राख्नका लागि बाँसका दुई ठूला भाँडाहरु किन्नु पर्छ ।
३. सूप, यो बाँस अथवा पित्तलको हुन सक्छ ।
४. दूध तथा जलका लागि एउटा गिलास, एउटा लोटा तथा थाली ।
५. ५ वटा उखू, जसमा पातहरु हुनु पर्दछ ।
६. पानी भएको नरिवल ।
७. चामल, सिन्दुर, दीयो तथा कातेको बत्ती ।
८. बेसार, मूला तथा अदुवाको हरियो बिरुवा ।
९. ठूलो आकारको निबुवाल, शरीफा, केरा तथा नासपती ।
१०. शखरखण्ड अथवा सुठुनी ।
११. पान तथा सिंगो सुपारी ।
१२. मह
१३. सिन्दुर, चन्द्रन, अगरबत्ती तथा कपूर ।
१४. मिठाइ
१५. शख्खर, गहुँ अथवा चामलको पिठो ।
शख्खर तथा गहुँको पिठाबाट बनेको ठेकुवा छठ पूजाको सबैभन्दा महत्वपूर्ण प्रसाद हो । त्यसबिना छठ पूजा नै अधूरो मानिन्छ । प्रसादको रुपमा चामलको पिठोबाट बनेको लड्डू (जसलाई कसार पनि भनिन्छ) पनि चढान्छ ।
बाँसको भाँडामा पूजाका सामग्रीहरु राखेर घरका पुरुषले त्यसलाई आफ्नो टाउकोमा राखेर नजिककैको घाटसम्म पुर्याउनु पर्छ । पूजामा उखुको व्यवस्था गर्नै पर्छ । त्यसको आवश्यकता अर्घ दिने बेलामा पर्दछ । पूजाको क्रममा के कुरामा ध्यान दिनु पर्छ भने कुनै पनि सामग्री जूठो नहोस् । छठ पूजामा चोखो तथा सफा सामग्रीमात्र प्रयोग गर्नु पर्छ ।
source https://www.onlinekhabar.com/2019/10/807205
0 Comments