१२ कात्तिक, काठमाडौं । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् ।
३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् ।
यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए ।
यो पनि पढ्नुहोस मध्यरातमा एक्लै सगरमाथाको शिखर चुम्दा यो पनि पढ्नुहोस साहसी निर्मल : ३१ दिनमा चढे ६ हिमालsource https://www.onlinekhabar.com/2019/10/807114
0 Comments