Looking For Anything Specific?

Header Ads

धार्मिक विधि : कसरी लक्ष्मी मातालाई गराउने ?

आज तिहारको विशेष दिन अर्थात लक्ष्मीपूजा । आज साँझ घर-घरमा लक्ष्मी माताको पूजा गर्दै लक्ष्मी पूजा गर्ने परम्परा छ । यसपटकको तिहारको लक्ष्मी पूजाको दिन माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि यी दुई मुख्य काम गर्न बिर्सनु हुँदैन । यी दुई उपाय गर्नाले तपाईंलाई धनको समेत कहिले कमि हुँदैन ।

यसपटक कार्तिक महिनाको औंशी तिथीका दिन माता लक्ष्मीको विशेष पूजा गरिन्छ । पूजाबाट प्रसन्न भएर माता लक्ष्मीले आफ्नो भक्तहरुमाथि आफ्नो कृपा बनाइरहने धार्मिक विश्वास छ । माता लक्ष्मीको विशेष पूजा आराधना गर्नाले हरेक व्यक्तिको दरिद्रता भाग्ने, धन, सम्पत्ति, वैभव तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

तिहारको लक्ष्मीपूजाको दिन हरेक व्यक्तिले माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि यथासम्भव प्रयास गर्दछन् । यो तिहारमा तपाईंले पनि माता लक्ष्मीलाई प्रसन्न गर्नका लागि यहाँ उल्लेखित दुई काम अवश्य गर्नु पर्दछ । यी काम गर्नाले माता लक्ष्मी प्रसन्न हुनुका साथै तपाईंलाई कहिलेपनि धन-सम्पत्तिको कमि हुने छैन ।

सेतो कमल अर्पण गर्नुपर्छ

ज्योतिषाचार्यहरुका अनुसार यसपटकको तिहारको लक्ष्मीपूजाको दिन पद्य योग गरेको छ । पद्यम योगमा यदि माता लक्ष्मीलाई सेतो कमलको फूलको १६ पत्ताहरु अर्पण गर्नु पर्छ । यसो गर्नाले माता लक्ष्मी अत्यन्त प्रसन्न हुने तथा उनले भक्तहरुलाई स्थिर धनको मालिक बनाउने छिन् । माता लक्ष्मीको नाम चञ्चला हो । उनी चञ्चल छिन् । उनी कसैसंग पनि स्थिर भएर बस्दिनन्, त्यसैले स्थिर लक्ष्मी प्राप्त गर्ने यो उपायलाई सर्वोत्कृष्ट मानिन्छ ।

लक्ष्मीलाई सेतो कमल अर्पण गर्ने मन्त्र

‘अमल कमल संस्था, तद्रजः पुंज वर्णां,  र श्वेत कमल धृतेष्टा, भीति युग्माम्बुजा च । मणिमुकुट विचित अलंकृत कल्पजाले, भवतु भुवनमाता सन्ततं श्रीः श्रयिै नमः ।।’

अथवा

‘या सा पद्यासनस्था विपुलकटितटी पद्यमत्रायताक्षी गंभीरावर्तनाभिः स्तनर नमिता शुभ्रवस्त्रोत्तरीया । लक्ष्मीर्दिव्यैर्गजेन्द्रेः मणिगण खीचतैः, स्नापिता हेमकुम्भे नित्यं सा पद्यमहस्ता मंम वसतु गृहं सर्वमांगल्ययुक्ता ।।’

लक्ष्मीपूजाको शुभ मुहूर्त

यसपटकको तिहारको लक्ष्मी पूजाको शुभ मुहूर्त आज आईतबार साँझ ७ बजेदेखि राती ८ः५६ बजेसम्म छ । आजको दिन शुभ मुहूर्तमा पूजाको समय माता लक्ष्मीलाई स्वामीको पात तथा केसरी रंगको कुनै फूल अवश्य चढाउनु पर्छ । यी दुबै चिजहरु माता लक्ष्मीलाई अत्यन्त पि्रय छन् ।

श्री लक्ष्मी महामन्त्र

‘ऊँ श्री ल्कीं महालक्ष्मी महालक्ष्मी एहृोहि सर्व सौभाग्यं देहि मे स्वाहा ।।’

श्री लक्ष्मी बीज मन्त्र

‘ऊँ श्रींहीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं हीं श्रीं ऊँ महालक्ष्मी नमः ।’

लक्ष्मीपूजाको समय यदि तपाईंले श्री लक्ष्मी महामन्त्रको जप गर्नु भयो भने तपाईंलाई धन, सम्पत्ति तथा वैभवमा स्थिरता प्रँप्त हुन्छ । लक्ष्मी पूजामा श्री लक्ष्मी बीज मन्त्रको जप गर्नाले तपाईंको भाग्योदय हुनेछ ।

माता लक्ष्मीको पूजाबाट प्रसन्न हुन्छन् भगवान विष्णु

माता लक्ष्मी भगवान विष्णुकी अर्धाङ्गिनी हुन् । उनको पूजा गर्नालृ भगवान विष्णु पनि प्रसन्न हुन्छ । जसबाट तपाईंले उनको कृपा समेत पाउनु हुनेछ ।



source https://www.onlinekhabar.com/2019/10/806613

Post a Comment

0 Comments