काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर चर्किएको विवादबारे प्रतिक्रिया जनाएका छन् । बोर्डले ल्याएको सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्छ भन्ने नियम लागु हुन नसक्दा पछिल्लो परिस्थिती आएको उनको दावी छ ।
‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य समावेश भएपछि फिल्म ‘आदिपुरुष’लाई लिएर नेपालमा टिकाटिप्पणी भैरहेको छ । यसबारे औपचारिक प्रतिक्रिया गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष केसीले भने, ‘बोर्डले गरेको निर्णय आत्मसात भए आज यो दिन आउने थिएन ।’
पछिल्लो परिस्थितीप्रतिको जिम्मेवारी विदेशी फिल्मको वकालत गर्नुपर्नेले लिनुपर्ने केसीको टिप्पणी छ । उनी लेख्छन्, ‘यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताकै प्रमुख हात छ । यस प्रकारको घटनाले भोली हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ? तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन ।’
तीन दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियमको पनि विरोध भैरहेको भुवनको भनाई छ ।
source https://www.onlinekhabar.com/2023/06/1322814
0 Comments