२८ जेठ, जनकपुरधाम । धनुषामा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसिया बस्ने ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको हो ।
दुवैजना गम्भीर घाइते भएका छन् ।यादव दम्पतीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
श्रीमान् दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँपट्टी काटिएको छ ।
शनिबार साँझ ७ बजे उनीहरू घरमै बसिरहेको बेला स्थानीय ६५ वर्षीय लट्टु यादवले अचानक खुकुरी प्रहार गरेका थिए ।
स्थानीयका अनुसार खुकुरी प्रहार गर्ने लट्टुको मानसिक सन्तुलन ठीक छैन ।
source https://www.onlinekhabar.com/2023/06/1320429
0 Comments