Looking For Anything Specific?

Header Ads

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

२० जेठ, विराटनगर   । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।

शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन्  ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ : ५० बजेतिर भेटिएका हुन् । ढकाल सोही विद्यालयको लेखापाल हुन् ।

उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।

गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

 



source https://www.onlinekhabar.com/2023/06/1316996

Post a Comment

0 Comments