Looking For Anything Specific?

Header Ads

टोखा नगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीका सिटौला उम्मेदवार

६ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले टोखा नगरपालिकाको मेयर पदमा लक्ष्मणराज सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।

२०२३ सालमा नुवाकोटको शिवपुरी गाउँपालिकामा जन्मिई २०४२ सालदेखि टोखा नगरपालिका वडा नं. ११ मा स्थायी बसोबास गर्दै आएका सिटौला कृषि पेशासँग आवद्ध छन् ।

एम.ए., एल.एल.बी. अध्ययन गरेका सिटौलाले नेपाल वायु सेवा निगममा ३३ वर्ष प्रशासनिक कार्य गरी उपसचिव स्तरबाट दुई वर्ष अघि राजीनामा दिएका थिए ।

विभिन्न पत्रपत्रिकामार्फत सिटौलाका लेख रचना प्रकाशित छन् । सिटौलाका २३ वटा साहित्यिक कृति प्रकाशित छन् भने दुई वटा चलचित्र निर्माण भएका छन् ।

सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ उनलाई टोखा नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा अघि सारेको विवेकशील साझा पार्टीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/04/1111695

Post a Comment

0 Comments