१३ वैशाख, काठमाडौं । स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारहरुको दावेदारी बढी देखिएको छ । प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारीको संख्या निकै ठूलो छ भने अरु पदमा एमालेको मनोनयन संख्या बढी देखिन्छ ।
एकीकृत समाजवादीको मनोनयन निकै नगन्य देखिन्छ । देशभरबाट मनोनयनको विवरण संकलन र अद्यावधिक हुने क्रम जारी भएकाले अन्तिम विवरणमा भने केही फरक पर्नसक्ने देखिन्छ ।
अनलाइनखबरलाई देशभरबाट आज बिहानसम्म प्राप्त विवरण भिडाएर हेर्दा, नगरपालिकाहरुको प्रमुख (मेयर) पदमा प्रमुख तीन दलको मनोनयनको भन्दा दोब्बरको संख्यामा स्वतन्त्र उम्मेद्वारी परेको छ ।
विभिन्न ठाउँमा तालमेल गरेका कारण सत्तारुढ कांग्रेस र गठबन्धनका अरु दलको तुलनामा एमालेको मनोनयन केही बढी देखिन्छ । कम सिट पाएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीको विवरण ठूलो संख्यामा देखिंदैन ।
नगर प्रमुख (मेयर) | |
दलको नाम | उम्मेद्वारी संख्या |
स्वतन्त्र | १२६९ |
नेकपा (एमाले) | २७५ |
नेपाली कांग्रेस | २५२ |
राप्रपा | २३६ |
अन्य | १२१७ |
कूल | ३२५० |
यस्तै नगरपालिकाहरुको उपप्रमुख पदमा पनि प्रमुखकै हाराहारीमा मनोनयन दर्ता भएको छ । उपप्रमुख पदमा समेत स्वतन्त्रत उम्मेद्वारहरुको संख्या बढी छ । त्यसपछि एमाले, कांग्रेस र माओवादी केन्द्र छन् । तालमेलका क्रममा कांग्रेसले प्रमुख पद दावी गरेका कतिपयमा माओवादी केन्द्रले उपप्रमुख पाएकाले चौथो क्रममा माओवादी केन्द्र परेको छ ।
नगर उपप्रमुख (उपमेयर) | |
दलको नाम | उम्मेद्वारी संख्या |
स्वतन्त्र | ३५७ |
नेकपा (एमाले) | २७० |
राप्रपा | २१६ |
कांग्रेस | २०१ |
अन्य | ९५२ |
कूल | १९९७ |
गाउँपालिकाहरुको अध्यक्ष पदमा समेत स्वतन्त्र र त्यसपछि एमाले अगाडि देखिएको छ । त्यसपछि कांग्रेस, माओवादी केन्द्र लगायतका दल छन् ।
गाउँपालिका अध्यक्ष | |
दलको नाम | उम्मेद्वारी संख्या |
स्वतन्त्र | ९७४ |
नेकपा (एमाले) | ४३२ |
नेपाली कांग्रेस | ३६९ |
माओवादी केन्द्र | २८० |
अन्य | ११९४ |
कूल | ३२४९ |
गाउँपालिकाको उपाध्यक्ष पदमा एमाले सबैभन्दा अगाडि देखिन्छ । त्यसपछि स्वतन्त्र उम्मेद्वारहरुको मनोनयन परेको छ । नेपाली कांग्रेस तेस्रो स्थानमा छ ।
गाउँपालिका उपाध्यक्ष | |
दलको नाम | उम्मेद्वारी संख्या |
नेकपा (एमाले) | ४२७ |
स्वतन्त्र | ३४३ |
नेपाली कांग्रेस | ३३८ |
माओवादी केन्द्र | २९८ |
अन्य | ८८३ |
कूल | २२८९ |
देशभरका गाउँपालिका र नगरपालिकाको वडाध्यक्ष पदमा एमाले र त्यसपछि नेपाली कांग्रेसको उम्मेद्वारी परेको छ । त्यसपछि स्वतन्त्र उम्मेद्वार अनि माओवादी केन्द्र छन् ।
वडाध्यक्ष | |
दलको नाम | उम्मेद्वारी संख्या |
नेकपा (एमाले) | ६०१५ |
नेपाली कांग्रेस | ५५६१ |
स्वतन्त्र | ५३३६ |
माओवादी केन्द्र | ३९८४ |
अन्य | १११२५ |
कूल | ३१९९५ |
हरेक वडामा दुई जनाका दरले रहने वडा सदस्य पदमा सबैभन्दा बढी उमेद्वारी परेको छ ।
वडा सदस्य | |
दलको नाम | उम्मेद्वारी संख्या |
नेकपा (एमाले) | ११५६९ |
नेपाली कांग्रेस | १०६२० |
माओवादी केन्द्र | ७५४२ |
राप्रपा | ४२२२ |
अन्य | १४८६७ |
कूल | ३१९९५ |
महिला वडा सदस्यमा पनि एमालेको उम्मेद्वारी बढी देखिन्छ । त्यसपछि कांग्रेस र माओवादी केन्द्र परेका छन् ।
महिला वडा सदस्य | |
दलको नाम | उम्मेद्वारी संख्या |
नेकपा (एमाले) | ५७८४ |
नेपाली कांग्रेस | ५३७६ |
माओवादी केन्द्र | ३६४४ |
राप्रपा | १८८७ |
अन्य | ६६३८ |
कूल | २३३२९ |
अनुपातका हिसाबले सबैभन्दा कम उम्मेद्वारी परेको दलित महिला वडा सदस्य पदमा करिव तेब्बरको हाराहारीमा उम्मेद्वारी परेको देखिन्छ ।
दलित महिला वडा सदस्य | |
दलको नाम | उम्मेद्वारी संख्या |
नेकपा (एमाले) | ५६२२ |
नेपाली कांग्रेस | ५१४९ |
माओवादी केन्द्र | ३४१७ |
राप्रपा | १५०१ |
अन्य | ५४२६ |
कूल | २१११५ |
source https://www.onlinekhabar.com/2022/04/1116180
0 Comments