५ वैशाख, काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।
त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ र सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।
आयोगका अनुसार महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ ।
source https://www.onlinekhabar.com/2022/04/1111710
0 Comments