Looking For Anything Specific?

Header Ads

एमाले कैलालीमा तोक्यो स्थानीय तहका इन्चार्ज र विभाग प्रमुख 

३० चैत, धनगढी ।  नेकपा एमाले कैलालीले १३ वटा स्थानीय तहका इन्चार्ज र विभिन्न विभागका प्रमुख तोकेको छ ।

मंगलबार बसेको सचिवालयको बैठकले स्थानीय तहका इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारी तोकेको जिल्ला कमिटीका सचिव डेजी पाण्डेले जानकारी दिए ।

प्रदेशकै एक मात्र धनगढी उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी चुडामणि भट्टलाई दिइएको पाण्डेले बताए । गोदावरी नगरपालिकामा आनन्द भट्ट, गोरीगंगामा जुद्वबहादुर साउँद, घोडाघोडीमा लक्ष्मी चौधरी, लम्कीचुहामा दुजराम चौधरी,भजनीमा हर्क बुढा, टीकापुरमा मोहन बिकलाइ इन्चार्ज तोकिएको छ ।

कैलारी गाउँपालिकामा जालुराम चौधरी, जोशीपुरमा गणेश पाठक, जानकीमा ललित परियार, मोहन्यालमा खरप्रसाद अधिकारी, बर्दगोरियामा पदमपूरा साउद र चुरे गाउँपालिकामा नरबहादुर तामाङले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

बैठकले पार्टीको प्रचार प्रसार विभाग प्रमुखमा उपसचिव लोकेन्द्र शाही, संगठन विभाग प्रमुखमा सचिव डेजी पाण्डे, बित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष दुर्गा जोशी, स्कुल विभाग प्रमुखमा अध्यक्ष रतन थापा, स्थानीय तह विभाग प्रमुखमा उपसचिव ममता चौधरी र जनसंगठन मोर्चा समन्वय प्रमुखमा द्वारिका न्यौपानेलाई तोकिएको छ ।



source https://www.onlinekhabar.com/2022/04/1108736

Post a Comment

0 Comments