२० चैत, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिन सक्ने चेतावनी दिएका छन् ।
इन्साइडरडटकमले उल्लेख गरेअनुसार बुधबार उनले विपक्षी वामपन्थी समूह र अन्य उल्लंघनकर्तालाई सरकारलाई चुनौती नदिन चेतावनी दिए ।
उनले अहिले कोरोना भाइरस (कोभिड–१९) को संकट चलिरहेको अवस्थामा सरकारलाई चुनौती दिँदा आफू गोली हान्ने आदेश दिन नहिचकिचाउने बताएका हुन् ।
उनले विपक्षी र लकडाउन उल्लङ्घनकर्तालाई मूर्खता नगर्न सुझाएका छन् ।
लकडाउनमा पक्राउ परेकालाई पनि यो संकट नसकिउञ्जेलसम्म जेलमा राखिने उनले बताएका छछन् ।
क्वेजोन सहरमा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको माग गर्ने २० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेसँगै डुटेर्टेको यस्तो भनाइ आएको हो । गत मार्च १६ मा फिलिपिन्सको सरकारले मुलुकको आधा जनसंख्यालाई घरमा नै क्वारेन्टाइनमा बस्न निर्देशन जारी गरेको थियो ।
source https://www.onlinekhabar.com/2020/04/850275
0 Comments