Looking For Anything Specific?

Header Ads

१० डलरको किताब चोर्ने राजदूतले दिए राजीनामा

कुनै जमानामा विदेशस्थित कुनै मुलुकमा कार्यरत एकजना नेपाली राजदूतले उक्त देशको एउटा पुस्तक पसलमा गएर किताब चोर्दै गर्दा समातिएको पढिएको थियो । चोर्ने मामिलामा नेपाली राजदूतहरू मात्र होइन, मेक्सिकोका राजदूतहरू पनि अगाडि नै रहेछन् ।

अर्जेन्टिनाका लागि मेक्सिकन राजदूतले १० डलर मूल्य पर्ने एउटा किताब चोर्दै गरेको काण्ड बाहिरिएपछि अन्ततः पदबाटै राजीनामा दिएका छन् ।

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सस्थित एक किताब पसलमा छिरेका ती राजदूतले किताब चोर्दै गरेको भिडियो गत अक्टोबरमा सार्वजनिक भएको थियो । राजदूत रिकार्डो भालेरियो किताब चोरी काण्डमा परेपछि मेक्सिकन सरकारले उनलाई डिसेम्बरको सुरुमै फिर्ता बोलाएको थियो । अन्ततः उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै राजदूत पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजिनामालाई मेक्सिकोको विदेश मन्त्रालयले स्वीकार गरेको बताइएको छ ।

पसलको सीसीटीभी क्यामरामा ती राजदूतले एउटा किताब र्‍याकबाट निकालेर आफ्नो काखीमुनि पत्रिकाभित्र लुकाएर चेपेको दृश्य कैद भएको थियो ।

उनले चोरेको उक्त किताब अठारौँ शताब्दीका इटालियन लेखक जियाकोमो कासानोभाको बायोग्राफी थियो ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/01/825281

Post a Comment

0 Comments