कुनै पनि लेखकले तपाईंका लागि भ्रमित बनाउन अथवा मनोरञ्जनका लागि मात्र लेख्दैन । उसले आफू र अरुको उदाहरणलाई विश्लेषण पनि गर्छ ।
हाम्रो समाजमा प्रायः परिवारहरुले नयाँ चुनौतीहरुको सामना गरिरहेका छन् । केही वर्ष अगाडिसम्म सासु-बुहारी र देउरानी-जेठानीबीचको विवादहरुका कारण प्रायः घरहरुमा कलह भइरहन्थ्यो । तर, हिजो-आज श्रीमान्-श्रीमती र बाबु-छोरा र आमा-छोरीहरुबीचमा कलह भएका कुराहरु पटक-पटक सुन्न थालिएको छ ।
सामान्य रुपमा आफूलाई सक्षम र समझदार सम्झिने श्रीमतीहरु अहिले श्रीमानको आदेशलाई मान्न अस्वीकार गर्न थालेका छन् । उनीहरु घरबाहिर एउटा भिन्दै जिन्दगी, खोज्न थालेका छन् । चाहे त्यो अफिसको जागिर होस् अथवा किट्टी पार्टीहरु, उनीहरु यस्तो जिन्दगीमा रमाउन थालेका छन् ।
घरको विवाद बढ्नुको कारण केवल सतही जानकारीको भण्डार हुनुमात्र नभएर कुनैपनि कुरालाई गहिराईबाट सोच्न नसक्नु पनि हो । सतही जानकारीबाट हरेकको आफ्नो अधिकार हुन्छ । आफ्नो आत्म-सम्मान र व्यक्तिगत धारणा हुन्छ । आफ्नो जीवन कसरी बाँच्ने भन्ने निर्णय स्वयं गर्ने अधिकार हुन्छ भन्ने जस्ता कुरा त सबैले बुझेका छन् । तर, यस प्रकारका जानकारीले गलत निर्णयले कसरी आफू स्वयंलाई समस्यामा पार्न सक्छ भन्ने कुरा जानकारी दिएको हुँदैन ।
जुन मोबाइल र मिडियाको माध्यमबाट मानिसहरुले आफ्नो अधिकार थाहा पाएका छन् । तर, ती अधिकारहरुका कारण अरुलाई दखल भयो भने के गर्ने भन्ने बारेमा यी मिडिया अथवा मोबाइलमा जवाफ भने छैन ।
आफ्नो निर्णयको प्रभाव अरुमा खराब रुपमा पर्न सक्छ भन्ने कुरा कसैले पनि बताउँदैनन् । किनभने सबैलाई फास्ट फुड जस्तै स्वादिष्ट र शानदार देखिने चाहना हुन्छ ।
हिजोआज त औषधिको रुपमा पनि तपाइर्ंलाई क्याप्सुल दिइन्छ । स्वास्थ्य राम्रो बनाउनका लागि पनि एयरकन्डिसन्ड वातावरण भएको जिमको आवश्यकता पर्न थालेको छ । त्यस्ता फूड सप्लिमेन्टहरुको आवश्यकता हुन्छ । जसले गर्ने नोक्सान नभनीकन तपाइर्ंलाई केही मिनेट अथवा घण्टामा नै ठोकठाक गरेर ठिक गरिदिन्छ ।
तर, शारीरिक समस्या समाधान गर्ने त्यस्ता कुराहरु जस्तै जीवन चलाउनका लागि त्यस्ता क्याप्सुल, जानकारीहरु र फास्ट टि्रटमेन्टहरु उपलब्ध छैनन् । श्रीमान्-श्रीमती एक-अर्कासँग रिसाउँछन् भने छोरा-छोरीहरु पनि आमाबुबाहरुसँग भत्भताइरहेका हुन्छ । प्रायः सबैजना समस्याको गहिराईमा नै नपुगी त्यसको समाधान चाहन्छन् ।
जब सासु-बुहारी अथवा देउरानी-जेठानीको झगडा हुन्थ्यो अथवा हुन्छ । किनभने उनीहरु दुबैलाई थाहा छैन । कसरी उनीहरु एक-अर्काको पुरक भए । त्यस्तो कुराको शिक्षा कतै पनि दिइँदैन । त्यसले त्यस्ता शिक्षा हाँसिल गर्नका लागि शिक्षा प्रदान गर्न पनि आवश्यक छ । मानिसहरुले आफूले जति दिएका छन् । सोही अनुसार पाउनु पनि पर्छ भन्ने सोचलाई विकसित गरेका छन् ।
श्रीमती सुन्दर भएर श्रीमान्सँग हिँड्ने र रातिसँगै सुतेर उनले सबै कुरा दिइन् । जुन उनीहरुका लागि काफी छ । अब उनीे आफूले केवल लिनुमात्र पर्छ भन्ने सोच्छिन् । सन्तान आफूले जन्माएर आमा-बुबालाई सम्पूर्णता दिएको सोच्छन् । अब उनीहरु आमा-बुबालाई उनीहरुको जीवनको एटिएम सम्झन्छ जहाँ मेशिनरी किसिम जस्तै लेनदेन हुने जस्तै फिर्ता दिइरहनु पर्छ भन्ने सोच्छन् ।
आधुनिक सुविधाहरु र प्रविधिहरु कति मंंहगो र तनाव उत्पन्न गर्ने किसिमको छ भन्ने कुरा मानिसहरु बिर्सँदैछन् । लाखौं वर्षहरुमा विकसित भएको मानव स्वभावलाई एउटा पिँढीमा परिर्वतन गर्न सकिँदैन भन्ने कुरा उनीहरुलाई थाहा छैन । मानव स्वभाव शताब्दीबाट नै विभिन्न व्यक्तिहरुको सुझाव, ज्ञान, उदाहरणहरुमा टिकेको छ । जसलाई तपाइर्ंले पढेर मात्र थाहा पाउन सक्नुहुन्छ । त्यसलाई कुनै काउन्सलर अथवा प्रवचनबाट प्राप्त हुँदैन ।
पारिवारिक विवाद, प्रेम विवाहहरु सम्बन्धविच्छेदमा परिर्वतन हुनु, बारम्बारको ब्रेकअप, उदन्ड बालबालिकाहरु, रिसाएका छोराछोरी जस्ता कुराहरु त्यो अन्धकारको देन हो जसमा हामी आफूले आफूलाई धकेलिरहेका छौं । हरेक दिन, हरेक घण्टा अथवा हरेक क्षण जुन तपाईं अनावश्यक च्याट गरिरहनुहुन्छ र मोबाइल अथवा टीभीलाई आफ्नो एक्लो मार्गदर्शक मानिरहेका छन् ।
source https://www.onlinekhabar.com/2020/01/826234
0 Comments